Thursday 14 March 2013

रुबाइयात:-१

            रुबाइयात:....

१)  

विनाकारण  रिसाउदा, यो मन साह्रै जल्छ 
माया नै हो ख्याल-ठट्टा,यहाँ सबै चल्छ 
बहानामा  माया हुन्छ,रीस घुर्की देखाउ  
मलाई छोडी गयौ भने, अरुले त छल्छ l

१४-०८-२०११  



२)   

जव आयौ जीवनमा,पनौती सुरु भो 
खुशी दिंदा मेरो चाहिं,कटौती सुरु भो
सौदागर झैँ भन्दैछौ,नाफा नोक्सान 
कारोबार रै छ माया,फिरौती सुरु भो l
०२-०९-०११

३) 
बेरंग थिएँ हिजोसम्म आज रंगिन भएँ
तिम्रो साथ पाएपछि बल्ल यकिन भएँ
खुदको पर्वाह छैन सम्हाल्नलाई आयौ
जिन्दगी नै सुम्पिएर तिमीमा लिन भएँ  l

1 comment:

  1. Bro, Keep it up your immortal works.. I wish your brighter future ahead..

    ReplyDelete