Tuesday 7 October 2014

कविता:- चस्मा // सुब्बा साप'को चस्मा

   "चस्मा"

हिजोदेखि
मेरो चस्माको पावर घटेकोछ क्यार!
जस्ले मलाई
हरेक बस्तुहरुको सकल ठम्याई दिन्थ्यो
सायद,दुरुस्तै देख्थे
त्यसैले अर्थ्याई हिड्थें 'समानता'
-रगत रातो हुन्छ
-रंग अनेक हुन्छ

आज,चस्मा फेरेदेखि
रगतलाई रातो मात्र होईन रातोसंगै
परिस्थितिको प्रवाहलाई मापन गर्न सक्छु

अनेक रंगहरुलाई मिश्रित भएको देख्छु
हरेक सकल रुपको
हरेक पटक
लालि-पाउडरको मात्रा छुट्याउन सक्छु
र भन्दैछु-
'यो चस्मा लगाउनु होस्
यसले बल्ल 'समानता' ल्याउनेछ'

खासमा यो चस्माले
म आफैलाई हिरो देखिरहेको छु
अनि सबैलाई झकास देखिरहेको छु।
अनि अर्थ्याई रहेको छु
चस्माको गुण-विशेषता

कुनै दिन सबैले यस्तै चस्मा लगाउने छन्

भ्रमहरु पन्साएर भन्ने छन्
-" सोक्पा ज्यू !
तपाईले लगाउने गरेको चस्मा त
उहिलेदेखि लगाईनु पर्थ्यो
साच्चिकै गजबको रै'छ।"
२६-०८-२०१४
###  ***  ### ***  ###

 "सुब्बा साप'को चस्मा"

सुब्बा'साप
तपाईंको चस्मा
मलाई निकै मन परेको छ
जवदेखि देखें तपाईंलाई
चस्मा मै देख्दै आएकोछु
जुन चस्माबाट तपाईं हेर्नू हुन्छ

वास्तविकतालाई सबैमाझ बुझाई दिनु हुन्छ
यो काईदा झनै मन पर्छ

सुब्बा'साप
तपाईंको चस्मा
सबैको जीवन र अस्तित्वलाई नजीकबाट देख्दो र'छ
अनि फूल दिएर भन्दिनु हुन्छ
-ए ! भ्रम देख्ने आँखाहरु हो !
किन सुलुत्त परेको जीवनलाई मात्र देख्छौ ?
उहिले ठुटे परेको बुढासुब्बाको बाँस पनि बाँचेकोछ
आफ्नै एक मुठी माटोमा
अब,
उस्लाई पनि आफ्नै नम्बरी माटो देउ
बकाईदा हुर्कने चानस देउ'

सुब्बा'साप
तपाईंको चस्मा
असली मेड इन नेपाल हो
त्यसैले अप्ठ्यारो गरि बनेको छ
देख्नेहरुले भन्दो हो
-तपाईंलाई अलिकती पनि सुहाएको छैन
-तपाईंलाई अलिकती पनि पत्याईने छैन

तर
म देखिरहेको छु
तपाइँको चस्मामा
पुराना रत्नहरु जडित छन्
दुर्लभ फ्रेमहरु मिश्रित छन्
कुल मिलाएर भन्नू पर्दा
अस्तित्व + अस्तित्व = सहअस्तित्व

र,त

सुब्बा'साप
तपाईंको चस्मा
मलाई निकै मन परेको छ
म पनि लगाउने तरखरमा छु।
२८-०८-२०१४

No comments:

Post a Comment