Tuesday 12 March 2013

गजल:- छुपाई यो // द्वार खोल

१) गजल


छुपाई यो मनको कुरा,तिमीसामु पोखिन
आफ्नो सम्झी भुल गरेछु,पराई किन सोचिन

दोधार पर्थे तिमीसङ्ग्,खोल्न पनि गथासो
चाहे मैले तिमीलाई,पछि लाग्न छोडिन

ईशारामा भनिरहें, मर्म तिम्ले बुझेनौ

नजोडिएको नाता टुट्दा,तिमीलाई दोषीन

कस्तो होला म विनाको,सुनौलो त्यो सफर
टोलाई रहें क्षितिजसम्म,पलक मैले छोपिन।
....१३-०६-२०११ 

२) गजल 

द्वार खोल तिम्रो मनको,आउन म सकुँ
मेरो जस्तो चोखो माया,पाउन म सकुँ

जन्म जन्म हरेक जन्म,तिम्रै हुन पाउँ
वाचा कसम यो जुनीमा,लाउन म सकुँ

चेहेराको तिम्रो नूर,या रोशनी जूनको
अपलक नजरसामु,छाउन म सकुँ

फुर्सदमा बनि आयौ,सायद मेरै निम्ति
सदा तिम्रो दिलभरि,धाउन म सकुँ।
३०-०५-२०१० 

No comments:

Post a Comment