Sunday 10 March 2013

डायरी:- कथाकी नायिका...

         कथाकी नायिकासँगको भेट 

         यिनी नेपाली होईनन् तामिल पनि होईनन् अझ मलायु हुँदै होईनन्।यसरि नै मनमनै उनको शारीरिक बनावटलाई अन्य देशसंग सादृश्य गरें  भियतनाम,म्यानमार,कम्बोडिया,इन्डोनेसिया आदि ,अहँ कसैसंग मेल खानै  सक्दैन किनकी उनको सिउँदोमा सिन्दुर भरिएकोछ।यसर्थ यिनी नेपाली या हिन्दु तामिल नै हुनु पर्दछ।धेरै समय पहिले निकै नजिकबाट यो चेहेरालाई मैले देखि सकेको हुनु पर्दछ,त्यसैले म सोचमग्न भएँ।यद्दपि मलाई हेक्का
लगाउन मुश्किल पर्यो।जव उनको पछिल्तिर पुरानो परिचित  साथीलाई देखें तव मलाई सबै-सबै याद भयोआज आइतबार बिदाको दिन भएता पनि बस खासै भिड थिएन।दुवै जना हामीलाई ख्याल नगरी पछाडिको सिटमा गएर बसे।लगभग पाँच वर्षको अन्तरालमा यहाँ भेट हुन पुगेकोले नचिनेर वा नदेखेर उनीहरुबाट केहि प्रतिक्रिया आए।मैले पनि जनाईनउनि मेरो कथाकी नायिका [इन्डोनेसियन] हुन् अनि यी साथी [नेपाली] उक्त कथाको प्रमुख पात्र।भनिन्छ,कलम आफ्नो हातमा भए पछि कथ्यलाई आफ्नो मर्जीमा निर्देशित गर्न पाउनु लेखकको नैसर्गिक अधिकार हो।मैले पनि आफैलाई आदेश दिएर उसको  भूमिकामा म नायक बनेर ०१-०६-२००८ मा "सम्झौता' शिर्षकको कथा लेखेको थिएँ ।उक्त कथा २००९ मा "नेपाली साहित्य समाज,पेराक ,मलेसियाले प्रकाशन गरेको "नमूना' पुस्तकमा प्रकाशन भईसकेको छ।वस्तुतः व्यथा उनीहरुको हो तर कथा मैले लेखेकोले यसको सर्वाधिकार चै ममा रहेको
       अब त  यिनीहरुको बच्चा हुर्की सकेको हुनु पर्द।त्यति बेला यिनी दोजियाकी थिइन्।पछि सुनेको थिएँ छोरा भएकोछ।पास्नीको दिन निम्तो आए पनि कामको व्यस्तताले गर्दा जना पाएनौ।त्यस पछि उनीहरु अझ टाढा डेरा सरेको कुरा सुनेको थिएँ।बीचमा हाम्रो भेट भएको थिएन आज यो नै पहिलो भेट हो।यी साथी मेरै जिल्ला निवासी हुन्,मलेसिया आएको कम्तिमा आठ वर्ष नाघी सकेको हुनु पर्दछ।त्यति बेला घर नगएको मान्छे यहाँ पारिवारिक बन्धनमा बाँधिए पछि झट्टै जाने कुरा पनि भएन।सोचेर ताजुब मानिरहेकोछु ,यिनीहरुको छोराले कुन भाषा बोल्ने गर्छन् होला,नेपाली या मलायु या इन्डोन ? त्यति बेला यी कथाकी नायिकाले थोरै-थोरै नेपाली बोल्ने र बुझ्ने गर्थी,अबसम्म त फरर बोल्ने भईसके की..!आज छोरालाई कोठामा छोडेर दुई जना मात्र शहर [इपो]तिर निस्किएको हुनु पर्दछ या छोरा कतै होला..!
       शहरको एक छेउमा हामी ओर्लनु पर्ने भएकोले बसको वेल थिचे पछि उनीहरुलाई फर्किएर हेरें।ति साथीले मुसुक्क हाँसेर परिचित रहेको औपचारिकता जनायो,जवाफमा दुवै जनालाई हेर्दै मुस्कुराई दिएँ।यति बेला मेरो कथाकी नायिकाले हामी दुवै जनाको अनुहार हेरेर अवाक् परिन् ।ओर्लिए पछि मनमनै बोलें- "यी दुई जनालाई के थाहा यिनीहरुको वास्तविक कहानीलाई मैले थपक्कै लिएर मेरो कथाको हुलहरुमा समेटेर पाण्डुलिपि तयार पारिसकेको छु भन्ने..!
   गन्तव्यमा पुगें।केहि दिन मै हुन पुगेको यतिसम्मको मुद्रास्फ्रीतिको चपेटाले खुत्रुक्कै पर्यो

[१०-०३-२०१३   CHEMOR - IPOH  सडक खण्ड,मलेसिया ]

No comments:

Post a Comment