Monday 31 March 2014

कविता:- हुँ // पौठाजोरी

  “हुँ” 

म भूत हुँ
लु जा मैले नै स्वीकारें
म भूत हुँ
तर कब्रस्थानको आत्मा/भूत पटक्कै होईन
तिमी /मान्छेको बस्तीबाट [जो मेरो पनि थियो ]
अस्तिदेखि उचाल्दै-थेचार्दै गरेर हत्याई दियौ
फलस्वरूप
निस्सासिएर/बिच्किएर दिउसै देखा पर्न वाध्य भएको
स-शरीर भूत हुँ र हुँहरुको जमात पनि भूत हुन्
म [हामी] भूतहरुलाई देखेर हाँस्दै हौला या तर्सिंदै हौला
अझ भनौ मनमनै हात लोपार्दै हौला

Friday 28 March 2014

सम्मान-पत्र ग्रहण

"नेपाल आदिवासी जनजाती महासंघ" मलेसियाको वार्षिक उत्सव - २०७०  कार्यक्रम ।
   - २३ मार्च २०१४ क्वालालम्पुर,मलेसिया
सम्मान-पत्र ग्रहण गर्दै  
उद्घोषक:- जीवन देवान 'गाउँले'