Tuesday 23 December 2014

गजल:- दुई नजर // हाँसो देउ

 १६)
दुई नजर मिलेपछि,मायामा मुस्किल हुँदैन
प्रेम आत्माले गरिन्छ,त्यसैले हासिल हुँदैन

प्राप्तिको निम्ति एकोहोरो तपस्या गरि मागी हेर
त्याग र समर्पण विना भगवान् दाखिल हुँदैन

जादु गरोस् तकदीरले, या चमत्कार जिन्दगीले
विजुली विनाको शहर,कैले झिलझिल हुँदैन

जसले मागेजति दिन्छ,चुपचाप मुस्कुराएर
दुनियाँ स्वार्थी छ आखिर,नि:स्वार्थको दिल हुँदैन ।
३१-०८-२०१४ 
####  ***  ###

१७)
हाँसो देउ या आँसु देउ जरुर स्विकार छ मलाई
मिलन र बिछोड प्रेमको दस्तुर स्विकार छ मलाई 

आँखाको भाषा जब मनले बुझ्छ तब भोग्नु छ मैले
तिमीसम्मको यात्रामा जे होस् कसुर स्विकार छ मलाई

हुरि सम्झिए उराठ होला फूल सम्झिए मिठो मुस्कान
अब तिम्रो चेहेरामा क्रूर होस् या नूर स्विकार छ मलाई

०८-१०-२०१४ 

1 comment: