Monday 25 March 2013

डायरी:- "निर्वाचन र माडी"


         निर्वाचन र माडी 

      बिहान ९ बजेको यात्रा हुने निश्चित भएता पनि तयारी हुन नपाउदै हतपत बाटो लाग्नु पर्ने भो।यतिबेला मलेसियालाई चुनावी मौसमले चिसाई रहेकोछ।मूल सडक,शाखा बाटोहरुको दायाँ-बायाँ,बीच भाग अधिकांश पार्टीको झण्डाहरु फर्फरिरहेका छन्,सबै झण्डाहरु छासमिस भएता पनि राजनीतिक पार्टीहरु धेरै छैनन् भन्ने हेक्का लगाउन मुस्किल पर्दैन।मसंगैको ड्राइभर[पाकिस्तानी मूलका मलेसियन नागरिक] ले कनीकुथी छ वटा
पार्टीको नाम सम्झेर बतायो,त्यसो त झन्डा देखेर पनि छ या सात पार्टी मात्र छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ।अझ भन्दै थियो-
‘सबै आफू-आफू खानलाई यति धेरै पार्टी भाको हो तीन या चार पार्टी भए भई हाल्ने थियो।हुन त चुनाव कहिले हुन्छ भनेर उसलाई पनि रामरी थाहा छैन तर यो महिना[मार्च] को अन्तिमतिर हुन्छ भनेर निश्चिन्त छन् ।
आफ्नो देशको राजनीतिक गतिविधि झट्टै सुनाई हाल्न उचित लागेन र भनिन पनि।उसले निकै बेर के सोच्यो कुन्नि मेरो मौनतालाई चिर्दै ऊ बोल्यो-
“तेरो देशमा चुनाव हुन्छ कि हुँदैन?””
’हुन्छ’ नजर जुधाएर भनें।उसले मेरो देशलाई त्यति गतिलो चै सोचेको रहेन छ।
“कति पार्टी छन्?”
सहि बोलुँ या गलत द्वुविधामा परें।सहि जानकारी गराए पक्कै देशलाई नै खिसी गर्ने छ,गलत बताए आफ्नै मनले पिरोल्ने छ।सहि बताउन नै उचित लाग्यो;ज्यदामा मजाग सम्झिनेछ।
‘अब त पार्टीहरु एक सय पुग्यो होला।“ बोलि सकेर पुलुक्क हेरें।उसको अट्टहासले मन बिझेर आयो।
        यति लामो दूरीसम्म आईपुग्दा ठाउँ-ठाउँमा झन्डा बाहेक पर्चा,भित्तातिर कुनै पार्टी वा नेताको नारा लेखिएको छैन।यो चहल-पहल देशमा हुँदो हो त यतिबेला कुनै पनि सार्वजनिक ठाउँमा पर्चा ,नारा र झन्डाको मिश्रणले रौनक नै अर्को हुने थियो।उसबेला नेताको फोटोसहितको पर्चा गोबरले स्कुल-चौतारीको भित्ता,रुख आदितिर टाँसेको खुब याद आयो।ति गोबरहरु पर्चालाई टाँस्दै नेता जीको मस्तिष्कतिर पनि घुसेछ क्यार !
       यति बेला हामी TELUK INTAN को यात्रा गरि रहेका छौ। यो शहर पेराक राज्यको नामी मध्ये नै हो।खासमा हामी यसको एक छेउतिर जानु पर्ने हो;गईरहेका छौ। LABMOR ठाउँको एक कुनामा देखिएको धन खेति नजिकैको TELUK  SENA  पुग्दा नाम निसान नै देखिन्न।जव SUNGAI PERAK  को पुल छिचोलिन्छ तव एक नहर तेर्सिएको देखिने छ।पहिले पटक देख्दा कति मिलेको सिधा खोला झैँ लागेको थियो।समथल भूभाग बगेता पनि त्यसको किनारै किनारको यात्राले त्रिशुलीको भयलाई ब्युँताउने छ।सडक अलिक साँघुरो छ;दुवै छेउमा लामो-लामो घाँसले जंगलको सफर झैँ लाग्ने छ।दश मिनेटको यात्रा पछि माडी देखा पर्नेछ। हाम्रा नेताहरुको एक निर्वाचन क्षेत्र जति नै रहेको यति ठूलो फाँट मैले पहिलो पटक देखेको हुँ।क्षितिज सम्म नांगो देखिनाले मन एक किसिमले हतास बन्न खोज्यो।यद्यपि त्यहाँ पानीले भिजेका जमिन,उपनहर,रोपिएका धान,धानको ब्याड देखेर ताजुब नै लाग्यो।यहाँ उब्जाउ गर्न कसरी सम्भव हुन्छ होला?गोरुले जोतेर मान्छेले रोपेर कहिले सक्ने? सामुन्ने देखिने अनगिन्ति टेक्टरले मेरो भ्रमलाई सर्लक्कै चिर्यो।यहाँको व्यवस्थित घर,शहर,खेति जमिन,जरीबुट्टी,तेल (खाने तेल) बगान आदि देख्दा विकसित देशको व्यवस्थित गर्ने तरिका नै अर्को हुने रहेछ भन्ने लाग्यो।हाम्रो देशको खेति योग्य जमिनलाई यसरि माडी बनाई उब्जाउ गरे पक्कै पनि कहिल्यै भोकमरी लाग्ने छैन।अब त देशको गाउँ-शहर,जमिन-जंगल आदिलाई व्यवस्थित गर्न मुश्किल नै पर्ने छ।
       हाम्रो यात्राको गन्तव्य  BAGAN DATOH पुग्दा मध्यान्हको बाह्र बजिसकेको थियो।

[२३-०३-२०१३  CHEMOR - TELUK  INTAN  सडक खण्ड ,मलेसिया ]

No comments:

Post a Comment