Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Tuesday, 23 December 2014

गजल:- दुई नजर // हाँसो देउ

 १६)
दुई नजर मिलेपछि,मायामा मुस्किल हुँदैन
प्रेम आत्माले गरिन्छ,त्यसैले हासिल हुँदैन

प्राप्तिको निम्ति एकोहोरो तपस्या गरि मागी हेर
त्याग र समर्पण विना भगवान् दाखिल हुँदैन

जादु गरोस् तकदीरले, या चमत्कार जिन्दगीले
विजुली विनाको शहर,कैले झिलझिल हुँदैन

जसले मागेजति दिन्छ,चुपचाप मुस्कुराएर
दुनियाँ स्वार्थी छ आखिर,नि:स्वार्थको दिल हुँदैन ।
३१-०८-२०१४ 
####  ***  ###

१७)
हाँसो देउ या आँसु देउ जरुर स्विकार छ मलाई
मिलन र बिछोड प्रेमको दस्तुर स्विकार छ मलाई 

आँखाको भाषा जब मनले बुझ्छ तब भोग्नु छ मैले
तिमीसम्मको यात्रामा जे होस् कसुर स्विकार छ मलाई

हुरि सम्झिए उराठ होला फूल सम्झिए मिठो मुस्कान
अब तिम्रो चेहेरामा क्रूर होस् या नूर स्विकार छ मलाई

०८-१०-२०१४ 

Wednesday, 22 October 2014

गजल:- गुनासोको // तिम्रा सारा

१४)
गुनासोको हुरी चल्दा,मुटु मेरो थर्किएछ
तिम्रो मेरो सम्बन्ध नै,शीशा बनि चर्किएछ


माया गर्नु एउटा कुरा,साथ दिनु अर्को कुरा
तिमीसंगै दैव पनि,मलाई छोडि तर्किएछ्

सन्जोगले भेट भई,सन्जोगले छुट्नु पर्दा
यस्तो लाग्छ फूलको हाँगा,भूँईतिर लर्किएछ

केहि थोपा आँशु दिएँ,केहि थोपा आँशु लिएँ
बाँकि सारा जे जे थिए,तिमीसंगै फ़र्किएछ्
०५-११-२०११
*****  ****   *****

१५)
तिम्रा सारा भुलमा पनि,मीठो माया पाउने गर्छु

Saturday, 13 September 2014

गजल:- पिएर पीडा // भरसक तिम्रो

१२)

पिएर पीडा भुल्नलाई धेरैले सम्झायो
प्यालाको हरेक घुट्कीले झन् याद दिलायो

जति थिए मसंग चिनो जलाएँ सबै नै
धुँवाले सुन्दर उनको तस्विर बनायो

हालतमा सहानुभूति जताउनेहरु
त्यो मेरो कहानी सुनेर होश नै गुमायो

सोधें मैले समुद्रलाई किन छौ नुनिलो ?
आँशुको कण देखाएर वेदना पोखायो ।
२२-१०-२०१३
###  ***  ###

१३)

भरसक तिम्रो समिप,नआउ भन्छु

आएपछि अन्त कतै,नजाउ भन्छु

Tuesday, 24 December 2013

गजल:- बाँकी मेरो // विरानो भो

१०)   गजल 
बाँकि मेरो जिन्दगी नै,व्यर्थै जिउने नाम भयो
मतलवी दुनियाँमा, मेरो सस्तो दाम भयो 

चुकें कहाँ थाहा छैन, शिकायत कस्लाई गरौँ 
आफन्तले लुटेपछि ,कहर मलाई लाम भयो 

धुजा-धुजा हृदयलाई, टाल्न सिउन मिले हुन्थ्यो 
छुपाई व्यथा हाँस्नु पर्ने ,ममा कस्तो याम भयो 

सम्हालेर राख्छु सदा ,शूल मनमा बिझे पनि 
जिएँ जति जिन्दगी यो ,अब उल्फत खाम भयो 

यस्तो लाग्छ आजभोली,सम्बन्धको मोहजालमा 

Friday, 4 October 2013

गजल:- नआउँ भन्थें // अनिँदोमा

८) गजल

नआउँ भन्थें विदाईमा ,तिम्रै आग्रहमा धाएँ
नासो थियो मेरो माया, सबै फिर्ता लिन आएँ

अन्मिएकी थियौ तिमी,नयनमा मोतिसरि  
हालतको बन्दी हामी,मैले मनलाई सम्झाएँ

कर्तव्यलाई अंगालेर,सुनौलो जीवन पायौ
भताभुङग जीवनमा, मैले फेरि घात पाएँ

Saturday, 10 August 2013

गजल:- मेरो मन // याद गर्दा // यो तिम्रो

५) गजल 

मेरो मन दु:खाउने,तिम्रो मनलाई माफ दिएँ
आँखालाई रुवाउने,तिम्रो मनलाई माफ दिएँ

सिलसिला जो प्रेमको,टुटायौ आज विना कसूर 
साथ हाम्रो छुटाउने,तिम्रो मनलाई माफ दिएँ

Thursday, 11 April 2013

गजल:- अचानक // नदेखेको

   ३) गजल 

अचानक तिमी बोल्यौ,मगन भयो मन
अरु कसैको खबर सोध्यौ,जलन भयो मन

सोचेको थिएँ जीवनमा,तिम्रो हुन पाउँ
बेवास्तामा अनायासै,दफन भयो मन

मुटु माझ शूल बिझाई,कसरी म भनुँ

Tuesday, 12 March 2013

गजल:- छुपाई यो // द्वार खोल

१) गजल


छुपाई यो मनको कुरा,तिमीसामु पोखिन
आफ्नो सम्झी भुल गरेछु,पराई किन सोचिन

दोधार पर्थे तिमीसङ्ग्,खोल्न पनि गथासो
चाहे मैले तिमीलाई,पछि लाग्न छोडिन

ईशारामा भनिरहें, मर्म तिम्ले बुझेनौ