Saturday 13 September 2014

गजल:- पिएर पीडा // भरसक तिम्रो

१२)

पिएर पीडा भुल्नलाई धेरैले सम्झायो
प्यालाको हरेक घुट्कीले झन् याद दिलायो

जति थिए मसंग चिनो जलाएँ सबै नै
धुँवाले सुन्दर उनको तस्विर बनायो

हालतमा सहानुभूति जताउनेहरु
त्यो मेरो कहानी सुनेर होश नै गुमायो

सोधें मैले समुद्रलाई किन छौ नुनिलो ?
आँशुको कण देखाएर वेदना पोखायो ।
२२-१०-२०१३
###  ***  ###

१३)

भरसक तिम्रो समिप,नआउ भन्छु

आएपछि अन्त कतै,नजाउ भन्छु



सर्माएर नजरले,मलाई हेर्दा
यस्तो हेराई अरुबाट,नपाउ भन्छु

मैले माया लाए जस्तै,पाए भने
तिमी बाहेक कसैसंग,नलाउ भन्छु

यहि जुनी साथ दिए,पुग्छ मलाई
अर्को जुनी मिल्ने कसम,नखाउ भन्छु
२६-११-२०११

No comments:

Post a Comment