Wednesday 23 July 2014

रुबाइयात -७

१९) रुबाइ

नजर जुधाएर होश उडाउने धेरै भेटें
म लठेप्रो ! प्रेम दर्शाउदै यी हात पनि रेटें
भगवान कसम ए लाटी ! तिमीमा केहि त छ!
त्यसैले दिल दिमागबाट ति सबैलाई मेटें।
०२-११-२०१३

२०) रुवाइ



नदीलाई सोधें- तँ किन वेगले बग्छस्
फूललाई सोधें - तँ किन फक्रेर झर्छस्
जव था भयो, अनि सोधें आफ्नै मनलाई
आ ! दु:ख छदैछ- तँ किन खुशीमा जल्छस्।
२६-०७-२०१३

२१) रुबाइ

कोहि आएर यो जिन्दगीमा अंकुश लगाई देऊ
मरे पछि स्वर्ग जाने बाधा-अड्चन हटाई देऊ
नाथे पण्डितको कुण्डलीलाई लोपार्न सकिएन
लौन ! कसैले बूढो कन्ने हुनबाट बचाई देऊ।
२१-०७-२०१३  

No comments:

Post a Comment