Saturday 21 September 2013

कविता:-'सौन्दर्य' र 'छलाङ्ग'

'सौन्दर्य'

उर्फ !
मेरो अन्दाज बाहिरको
कल्पना भन्दा परको
तिम्रो चेहेराको नूर
अनि,मैले कहिल्यै नदेखेको
यस्तो वदन
म त मदहोशी भए
देखेर तिम्रो सौन्दर्य।

Friday 13 September 2013

रुबाइयात:-२

      रुबाइयात:... 

४)
जाने भए जाऊ यसरि जाऊ
याद बनेर कहिल्यै नआऊ
दिल दिमाग यी सब दिंदैछु
ताकि अब मलाई नसताऊ।
                             रचनाकाल:- २५-०८-२०१२

५) 
जति शृंगार गर किफायत हुँदैन
माली विना बगैचा हिफाजत हुँदैन
नि:शंकोच मलाई भमरा ठान्छौ भने
धरोधर्म कदापि शिकायत हुँदैन।
                               रचनाकाल:- २५-०८-२०१२ 

Saturday 7 September 2013

लघुकथा:- छनौट / नजराना

लघुकथा
                             "छनौट"

         उ भावुक र मिहिनती थियो ।त्यसैले सुनहरु फलायो ।केही सुन देखाएर बांकी सन्दुकमा थन्कायो ।उसले कहिल्यै कसैसंग पनि सुनको स्तरियता र विशेषतालाई लेखा-जोखा गराएन बरु रोब सुनाउन चुक्दैन थियो ।उसलाई अरु कसैको पर्वाह थिएन वश आफुलाई विशेष व्यत्ति सम्झन्थ्यो ।धेरै पटक आफुलाई अन्य समकालीन व्यत्तिहरुसंग सादृष्य गर्‍यो तर उसले आफ्नो छुट्टै पहिचान भ ईसकेको सम्झियो ।रै पनि उसलाई