Showing posts with label रुबाइ. Show all posts
Showing posts with label रुबाइ. Show all posts

Thursday, 4 December 2014

रुबाइयात -१०

          रुबाइयात -१० 

२८)
सुरुवात गर्छ आँखाले हुनलाई निकटतम
यहीँ आँखामा आँशु झरे सम्बन्ध नै खतम
खै,यी आँखामा आँशुको महासागर पो छ कि !
क्रमश: सम्बन्धमा वर्षीए पनि गर्छ स्वागतम।
१७-०१-२०१४

२९)
उताको मन यतातिर आए झैँ लाग्दैछ
यो मनको ढोका ढकढकाए झैँ लाग्दैछ
कदम बढाउदैछु म अगलो खोल्नलाई
सिकुवामा तिमी मुस्कुराए झैँ लाग्दैछ।
२६-०१-२०१४

३०)
आँखामा राख्दा आँखै बिझाउनेलाई
मनमा राख्दा बेचैनी बढाउनेलाई

Sunday, 28 September 2014

रुबाइयात-९


२५)
सूर्यमुखी फूल सूर्य तिर फर्किनु
भुइचालो आउदा जमिन थर्किनु
यी सबै-सबै प्रकृतिको रीत हुन्
जस्तो बाडुली लाग्दा सदा म सर्किनु।
११-०९-२०१२

२६)
नबोलेर नै धेरै कुरा बोलि सकें
मनको कुरा मनभित्र खोलि सकें
ए कान्छी !एउटा कुरा बुझी राख है

Wednesday, 10 September 2014

रुबाइयात:- ८

[फोटो साभार:- 
http://www.touchtalent.com/artist/20769/sudip-mitra]

२२)  रुबाइ 

दिमाग भन्छ- ए दिल ! आ,व्यर्थैमा दु:खी नबन
दिल भन्छ- ए दिमाग ! उसलाई केहि नभन
विचरा यी दिल र दिमाग मेरो मनमानीमा
चुपचाप सहेर कम्जोर बन्दैछु झनझन।
२४-०६-२०१३

२३)  रुबाइ 

म भन्दैछु- मान्छेको जुनी या अवतार हुँदैन

Wednesday, 23 July 2014

रुबाइयात -७

१९) रुबाइ

नजर जुधाएर होश उडाउने धेरै भेटें
म लठेप्रो ! प्रेम दर्शाउदै यी हात पनि रेटें
भगवान कसम ए लाटी ! तिमीमा केहि त छ!
त्यसैले दिल दिमागबाट ति सबैलाई मेटें।
०२-११-२०१३

२०) रुवाइ

Monday, 23 June 2014

रुबाइयात:-६

रुबाइयात:....

१६)
कमीमा कमि लिई पुरा गर्न आयौ
पुरानो कटेरोमा बसाई सर्न आयौ
जीवनको सुरुवात त अब हुन्छ "सोक्पेनी"
सुख थन्काई दु:खका साँघु तर्न आयौ ।
      २६-११-२०१२
****  ****   ****

१७) 
कैले काँही यो जिन्दगी,लाग्छ यस्तो
विना साहू बन्धकीमा,परे जस्तो

Friday, 23 May 2014

रुबाइयात:- ५

    रुबाइयात:... 

१३) 
तिम्रो संस्कार अर्कै तिम्रो धर्म अर्कै
पहिचानको हिसाबले कर्म अर्कै
यो अवस्थामा म के भनुँ तिमीलाई
नभनु त यो धड्कनको मर्म अर्कै।
१४-०१-२०१३
****   ****   ***

१४)

गुनासो के भनि गरौ,गल्ति हामीमा थिएन
कुनै दिन भेटौ भन्दा,दैवले साथ लिएन

Friday, 21 February 2014

रुबाइयात:-४

  रुबाइयात:.....

१०)
उनको सारा दुर्भाग्य मलाई देऊ
बदलामा मेरो खुशी थमाई देऊ
फुर्सद मिलेछ भने हे भगवान !
यी कामना उनलाई बताई देऊ।
१७-१०-२०१२

११)
आज धुमिएको आकाश थियो
ढिलो चाँडो झुल्किने आश थियो
बेखबर भए झैँ खुब सताउने
लाग्छ यो जून बदमाश थियो।
०७-११-२०१२

Wednesday, 18 December 2013

रुबाइयात:-३

          रुबाइयात:.... 

७)
झूटो नै होस् तर मुस्कान छरि देऊ
मेरो चक्रव्यूहमा अब परि देऊ
चाहे सम्बन्ध जे सुकै होस् स्वीकार छ
हे भगवान ! सुरुवात गरि देऊ।
३१-०८-२०१२
८)
मेरी भए ज्ञानी तिमी
सौन्दर्यकी खानी तिमी
तारिफ के गरूँ धेरै

Friday, 13 September 2013

रुबाइयात:-२

      रुबाइयात:... 

४)
जाने भए जाऊ यसरि जाऊ
याद बनेर कहिल्यै नआऊ
दिल दिमाग यी सब दिंदैछु
ताकि अब मलाई नसताऊ।
                             रचनाकाल:- २५-०८-२०१२

५) 
जति शृंगार गर किफायत हुँदैन
माली विना बगैचा हिफाजत हुँदैन
नि:शंकोच मलाई भमरा ठान्छौ भने
धरोधर्म कदापि शिकायत हुँदैन।
                               रचनाकाल:- २५-०८-२०१२ 

Thursday, 14 March 2013

रुबाइयात:-१

            रुबाइयात:....

१)  

विनाकारण  रिसाउदा, यो मन साह्रै जल्छ 
माया नै हो ख्याल-ठट्टा,यहाँ सबै चल्छ 
बहानामा  माया हुन्छ,रीस घुर्की देखाउ  
मलाई छोडी गयौ भने, अरुले त छल्छ l