Wednesday 10 September 2014

रुबाइयात:- ८

[फोटो साभार:- 
http://www.touchtalent.com/artist/20769/sudip-mitra]

२२)  रुबाइ 

दिमाग भन्छ- ए दिल ! आ,व्यर्थैमा दु:खी नबन
दिल भन्छ- ए दिमाग ! उसलाई केहि नभन
विचरा यी दिल र दिमाग मेरो मनमानीमा
चुपचाप सहेर कम्जोर बन्दैछु झनझन।
२४-०६-२०१३

२३)  रुबाइ 

म भन्दैछु- मान्छेको जुनी या अवतार हुँदैन

तिमी जे बहाना गर मलाई दिग्दार हुँदैन
लाटी ! एउटा कुरा चाहिं सधैं विचार गर है !
अब बेलैमा नसोचे हाम्रो घरबार हुँदैन।
१६-०६-२०१३

२४)   रुबाइ 

मेरो आँसुलाई पिउन नमिल्ने पानी भन्यौ
मेरो सबै सत्यतालाई झुठको खानी भन्यौ
जव भनें -'भगवान कसम ! म बेइमान छैन'
तव विश्वास गर्दै मन चोरेको जानी-जानी भन्यौ।
१६-०६-२०१३

No comments:

Post a Comment