Friday 23 May 2014

रुबाइयात:- ५

    रुबाइयात:... 

१३) 
तिम्रो संस्कार अर्कै तिम्रो धर्म अर्कै
पहिचानको हिसाबले कर्म अर्कै
यो अवस्थामा म के भनुँ तिमीलाई
नभनु त यो धड्कनको मर्म अर्कै।
१४-०१-२०१३
****   ****   ***

१४)

गुनासो के भनि गरौ,गल्ति हामीमा थिएन
कुनै दिन भेटौ भन्दा,दैवले साथ लिएन

तिमी बसेको भूमिमा,युद्ध चर्किएता पनि
तिम्रो हाल सोधु भने,नैतिकताले दिएन।
२६-११-२०१२

१५) 
कैले काँही यो जिन्दगी,लाग्छ यस्तो
विना साहू बन्धकीमा,परे जस्तो
लुटिएको खजाना हुँ,लिनु हुन्छ
लिलामीमा राखेकोछु,दिन्छु सस्तो
२६-०९-२०१२ 

No comments:

Post a Comment