Sunday 7 December 2014

गजल:- जव ऐना // बेपता हुनुमा

१६)

जव ऐना सामू पर्छु,तव तिम्रै प्रतिविम्ब देख्छु
म जे सोचुँ म जे चाहुँ, आखिर तिम्रै आदेश लेख्छु

भेट हुँदा अन्भरिन्छौ,यसमा मलाई प्यार लाग्छ
कैले कहीं कर्कि हेर्छौ,योमन मिल्ने आधार भेट्छु

जिन्दगीमा खुशी मिल्ने,सायद त्यो कारण हौ तिमी
मेरो हर थकानमा,तिमीलाई सम्झेपछि मेट्छु

सम्झाउदैछु म आफै,नगर चुलबुल ए मन  

धैर्यताको हदहरु,तिम्रै निम्ति सधैं सधैं झेल्छु

सौन्दर्यको तारिफमा, दिंदैछु तिम्रो उपमा जूनलाई
दाँज्न भनि जून आए,एकाग्र तिमीलाई नै हेर्छु

 ३०-१२-२०१२
###  ***  ###

१७)
बेपता हुनुमा पक्कै,उनको बाध्यता होला
जस्तो कि ! औंसीमा लुक्नु,जूनको वाध्यता होला

भेटिए पछि छुटिनु,दुनियाँको रीत कस्तो
मीठोमा नुनिलो हुनु,नूनको बाध्यता होला

तुफान आउनु अघि,मौसम हुन्छ मौनता
अक्सर फुटेर बग्नु,मूलको वाध्यता होला

बेहिसाब जिन्दगीको,कारोबार हुँदै हुन्न 
कहिले भाउ नमिल्नु,सुनको वाध्यता होला 
२१-१२-१२

No comments:

Post a Comment