Monday 15 December 2014

केहि कविताहरु :- १ [२०१४]

“यमराजको अदालतमा: ल्हाक्पा तामाङको बयान”

यमलोकका ख्वामित !
मृत्युपछि स्वर्ग र नर्कको फैसला गर्नु हुने
यस अदालतका प्रधानन्यायाधीश
यमराज ज्यू !

श्रीमान !
म- ल्हाक्पा तामाङ
ठेगाना- सिम्जुङ-छ,गोरखा,नेपाल
उमेर- ६२ वर्षीय
राष्ट्रियता- धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपाल
अभियोग- गोरु काटेर खाएको
सजाय- प्रहरीद्वारा गोलि ठोकि मृत्युदण्ड

श्रीमान !

मेरो शारीरिक बनावटलाई
एक पटक राम्ररी नियालीओस्
नाक थेप्चो छ,आँखा चिम्रो छ,अनुहार गोलो छ
मेरो नामलाई उच्चारण गर्नु होस्
तपाईंको जिब्रो लर्बरिने छ
र पनि शुद्ध उच्चारण गर्न सक्नु हुने छैन
मतलव,अझ भनौ
यहाँ विराजमान हजुरका भारदार,सिपाही,समुदायहरु भन्दा
म धेरै नै भिन्न देखिएको छु
तपाइले अनुमान लगाई सक्नु भएको होला
म- तपाईहरु हुँदै होईन

तपाईहरु- म हुँदै होईन
सायद, कुनै समुदायको गुप्तचर सम्झी रहनुभएको छ होला ?
तर नडराउनु होस्
म कुनै गुप्तचर होईन
न त तपाईको समुदायको हिस्सा नै हुँ

श्रीमान !
मेरो परम्पराको बारेमा संक्षिप्त विवरण पेश गर्दछु-
“ मेरो पितापुर्खाहरु
सदियौंदेखि नेपालको पहाडी इलाकाहरुमा
बसोबास र भोगचलन गर्दै आएका छौ
हाम्रो आफ्नै मौलिक संस्कार,परम्परा,चालचलन चलिआएको छ
त्यो बेला
पशु-पंक्षी,जनावरहरुको शिकार गर्ने गरेका थिए
परापूर्वकालमा यसरि नै जीविकोपार्जन गर्दै आए
मैले मान्ने सृष्टिकर्ता,भगवान,कुलदेवताहरुले
यी सबै प्राणीहरु,वनस्पतिहरु
मान्छेले आफु अनुकुल उपभोग गरोस् भनि सृष्टि गरेका हुन्
यसर्थ
मेरो पितापुर्खाहरुले
पशु-पंक्षी मारेर खाए मैले पनि खादै आएँ

काटेर खाएँ गाई,गोरु,राँगा,बाख्रा,परेवा आदि
खाई नै रहेकाछन् मेरो अधिकांश समुदायहरुले

श्रीमान !
मेरो पितापुर्खाहरुलाई समायोजन गरेर
भाषा,धर्म,परम्परालाई खलल नपुर्याउने भनि
मेरो अघिल्ला पुस्ताहरुलाई
नेपालको नागरिक बनाईएको हो
नेपाल बनाउनेहरुले नेपाली बनाएका हुन्
र म पनि नेपाली कहलिएँ
तर मैले मान्दै आएका
अनि मान्नै पर्ने संस्कार,परम्परालाई
म कसरि लत्याउन सक्छु ?
र बनुँ म कसरि उनीहरुले लाद्याउन खोजेको
नेपाली नागरिक ?

श्रीमान !
मेरो आत्माले दिएन
मेरो स्वाभिमानले दिंदैन

श्रीमान !
मैले गोरु छिनालेर खाएकै हो
पहिलो पटक होईन अनेकौ पटक
हिजो एक झुण्ड समाज/देश परिवर्तन गर्छु भन्दै
मेरो गाउँ/घर पसेका थिए
आफ्नै समुदाय,धर्म,संस्कारको बागी बन्छु भन्दै
अनगिन्ति गाई-गोरु काटेर खाए
पछि ति झुण्डहरु सरकारमा पुगे
अझै पनि पहुज मै छन्

अहँ !
ति झुण्डहरुलाई न हिजो न आज
गाई-गोरु काटेर खाएकोमा अभियोग लागेको छ
न त कसैलाई सजाय भएको छ
किन कि ति झुण्डहरुसंग बन्दुक थियो
आईलाग्नेसंग जाईलाग्ने अस्त्र थियो
त्यसैले मनपरी भोज खाए
गाई-गोरु कति हो कति छिनाले
विडम्बना
म,छुट्टै जाती,धर्म र संस्कार भएको मान्छेलाई
तपाईहरुको संस्कार,मान्यतालाई नमानेको आरोपमा
धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपालका प्रहरीले
२०७१ साउन २९ गते सोमबार
सिधै गोलि ठोकियो
सजाय-मृत्यु
कारण- मैले गोरु छिनालेर खाएँ

श्रीमान !
म नि:शस्त्र
मेरो समुदाय नि:शस्त्र

श्रीमान !
तपाईको सामुन्ने उभिएको “चित्रगुप्त”
जसले तपाईहरुको समुदायको लेखा-जोखा राख्ने गर्छ
मेरो कर्मकाण्डको नालीबेली खोजि सकेको होला
तर ऊ नतमस्तक भई उभिएको छ
किनकि
उसले तयार पार्ने पुस्तिकामा
न त मेरो नाम छ न त मेरो समुदायको नै

ए चित्रगुप्त !
यस लोकमा इन्टरनेटको व्यवस्था गर
अनि गूगल,फेसबूक, ट्विटरको आईडी बनाऊ
र खोज म,मेरो समुदायलाई
सक्छौ/मिल्छ भने राख तिम्रो पुस्तिकामा
तर
मैले आफ्नो संस्कार-चालचलनलाई मान्न पाउनु पर्छ

होशियार है !
यतिबेला मेरो समुदायहरु
बिच्किएका छन्,आक्रोशित छन्
तर नि:शस्त्र छन्

श्रीमान !
म मरेपछि या मेरो समुदाय मरे पछि
हजुरको कठघरामा हाजिर हुने चलन छैन
मैले मान्ने कुलदेवताहरुले
तपाईको नाम र लोकको वर्णन गरेकै छैन
म यहाँ कसरि आईपुगें
कारण तपाईलाई स्पष्ट भैसक्यो होला

म यहाँ आईपुग्दा
कागको हुलमा बकुल्ला बनेर आएको हुँ
बीच बाटोमा हजुरको बारेमा खुब सुनेर आएको छु
अब मलाई हजुरले फैसला गरेर
तपाईको समुदायहरुलाई जसरि
स्वर्ग या नर्क पठाउनु हुन्छ होला !

श्रीमान !
म- तपाईहरु हुँदै होईन

तपाईहरु- म हुँदै होईन
यसर्थ,
अब मलाई कहाँ पठाउनु हुन्छ ?
२१-०८-२०१४
 [अंग्रेजी अनुवाद:


The owner of Yamaloka,
Sentencing deads to heaven or hell
Chief justice of this court,
Your honour, Yamaraja,
 
Your honour,
I am Lakpa Tamang
Simjung 6, Gorkha, Nepal based
Age of Sixty-two
Nationality: Secular Federal Democratic Republic of Nepal
Accusation: Having cut cattle and eaten beef
Sentence: Shot to death by police as a death sentence
 
Your honour,
The structure of my body be watched
Once thoroughly
Nose looks flattened, eyes are slightly small and face looks circular
Do pronounce my name
Despite being stammered
You will not be able to pronounce it correctly
Meaning,
I do look so different from
The noblemen, soldiers and the communities at present
You might have already supposed that
I do not belong to you
And you do not belong to me either
Perhaps, you might have mistaken me as a spy
From a particular community
But, do not be afraid
I am a spy
And not a member of your community
 
Your honour,
I would like to present a brief detail of my tradition:
My father-forefathers, for centuries, have been occupying
The hill areas of Nepal
Since then, we have our own rituals, traditions and customs
Hunting animals and birds to make a living was practiced
Since the days long gone by

The Creator I believe in, the God and deity
Have created all those creatures and vegetables
For human consumption
That’s the reason why
My father-forefathers
Hunted animals and birds and so did I
And I cut and ate beef, carabeef, mutton and squab
And are still being consumed by some close communities of mine
 
Your honour,
In order to settle the issues of my forefathers
They were granted citizenship
By the ones who founded Nepal
Under the provisions of
Not obstructing any language, religion and tradition
And then I became a Nepali
But how could I abandon the being practiced
And a must practice rituals and traditions
And how could I adopt the citizenship of Nepal
That they are forcing me to
 
Your honour,
My soul did not allow
My self-respect would not allow
 
Your honour,
I confess that I did cut cattle and ate beef
Not once but a number of times
Yesterday, a group had entered my village
Saying they would bring revolution to villages and the country
By calling themselves revolutionist of
Their community, religion and rituals
They cut a number of cattle and ate beef
Later, they reached the government
And still remain powerful
 
No, never
Neither yesterday, nor today
They have been convicted of cutting cattle and ate beef
Nor any of them have been prosecuted
For the reason that they had guns
They had weapons to defend and attack back
Hence, they ate beef arbitrarily
Innumerable cattle were cut
Unfortunately,
I, belonging to some other race, religion and ritual
Was shot directly by Nepal police on Monday the 29
th Sawan 2071
For violating the rituals and principles that belong to you
As a death sentence
Reason: Having cut cattle and eaten beef
 
Your honour,
I, an unarmed
And so are my community
 
Your honour,
Chitragupta stood right before you
Who keeps records of the community of yours,
Might has already researched
On the ins and outs of the rituals of mine
But he has stood lowering his head
Because
In the booklet being prepared by him
Contains no name of mine, nor the name of my community
 
Dear Chitragupta
Do bring service of internet
And sign up for Google, Facebook and Twitter
And search for me and for my community
And include it in your booklet if you can
But
I must deserve to practice the rituals that belong to me
 
Beware!
This time my communities
Are alarmed, and seem to be resentful
But are unarmed
 
Your honour,
There is no practice of attending this court
After my demise or the demise of the people of my community
The ancestral deities that I believe in
Have not described your name and the ‘loka’
How did I arrive here
You might have known it evidently
 
While I arrived here
I was like a crane in the murder of crows
On the midway I have heard a lot about you your honor
Now, you might have been supposed to
Sentence me to heaven or hell
 
Your honour,
I do not belong to you the people
And
You people do not belong to me
In this case
Where are you supposed to send me your honour?

Translated by Pancha Vismrit
Note:
Yamaloka: adobe of Yama
Yamaraja: King Yama, In Hindu mythology, Yama (Sanskritयम) is the lord of death, first recorded in the Vedas (Wikipedia, the free encyclopedia)
Chitragupta: is a Hindu god assigned with the task of keeping complete records of actions of human beings on the earth. (Wikipedia, the free encyclopedia)

Loka: is a Sanskrit word for ‘world’ (Wikipedia, the free encyclopedia)

http://translatednepalipoems.wordpress.com/2014/10/28/the-statement-of-lakpa-tamang-in-the-court-of-yamaraja-by-maulshree-limbu/

###  **  ## ***  ###

"महरु यहुदी होईनौ"

दशकौ दशकपछि
तिमीलाई आधुनिक हिटलर भन्न लाग्दैछौ
Hitler
जब तिमीले
यहुदीको बस्ती झै बसाल्न
महरुलाई तम्बुहरु बाँडन थाल्यौ
महरुलाई लाखापाखा गर्दै
महरुको अस्तित्वमा तान्डव मचाएर
तिम्रै जयजयकार गर्न लगायौ
अस्तिदेखि बिच्कियौ केही महरु
तिमीले दे'का तम्बुहरु च्यात्न/फिर्ता गर्न थाल्यौ
किनकी
अस्तित्वको लडाइँदेखि भाग्ने
महरु यहुदी होईनौ

एक बिन्ती छ !
महरुको खप्परमा मार्तोलले हानी देउ
दुई फ्याक पारेर हेर गिदिहरु
त्यहाँ अझै पनि
माओत्सेतुङको अवशेषहरु छन्
जो सडिन बाँकी होला
कपाकप खाई देउ गिद्ध बनेर
नत्र तिमीलाई
आधुनिक हिटलर भन्दैछौ
कारण !
महरुको अनुहार छोपी दिएका छौ
महरुको सक्लो ज्यानलाई कट्मेरो बनाई दिएका छौ
क्रमशः महरुलाई ठिमाहा बनाई रहेका छौ
क्रमशः सर्वस्व लुटेर बेनामी बनाई रहेका छौ
समयको आँखीझ्यालबाट चियाउँदा
महरुलाई आधुनिक यहुदी बनाई रहेका छौ।
०१-०९-२०१४
###  ***  ###  ***

"मुक्त म"

म जे बोलुँ
त्यो तिमीलाई अति हुन्छ
म जे गरुँ
त्यो पनि तिमीलाई अति हुन्छ
म चुपचाप बसुँ
त्यो त झन् तिमीलाई अति नै हुन्छ

मतलव
एकदम खतरनाक हुँदैछु क्यार !

त्यो बेला
हाँसे तिम्रै लागि
नाचे तिम्रै लागि
बोलें तिम्रै लागि
जे जसो गर्थें ति सब तिम्रै थियो
त्यसैले भर पर्दो मान्छे थिएँ

अचेल
आफ्नै तालमा नाच्दै छु
आफ्नै बारे बोल्दै छु
तिमीबाट मुक्त 'म' हुन
हरेक तरिकाले चल्मलाई रहेको छु
जो तिम्रो लागि काउसो हुँदैछ
जसले तिम्रो शरीरभरि बिझाएर
एकाएक देखा पर्दैछ
चिलाएर निस्केका डामहरु
कन्याएर निस्केका रगतका भलहरु

वस्तुत:
मदेखि तिमी मुर्मुरीरहेका छौ
मदेखि तिमी बिच्किरहेका छौ

वश, म चै
अरुण नदि बनेर बगीरहेको छु
अबिराम अविरल।
११-०९-२०१४

###  ***  ###

"हे ! पशुपतिनाथ"

जुन देशमा
फिलिमका गुण्डाहरु वास्तविक देखा पर्छन्
जुन देशमा
फिलिमका बलात्कार सिन वास्तविक हुन्छन्
जुन देशमा
फिलिमका फितलो कानुन झै
वास्तविक साबित हुन्छन्
हो त्यही देशको नागरिक हुँ 'म'
जहाँ फिलिमका कहानीहरु
हकिकत हुने गर्छ

तपाईले फिलिममा
सर्वसाधारणहरु आपसमा लडेको देख्नु भको होला
अपहरण अनि फिरौतीको एक्सन देख्नु भको होला
ठेक्का-पट्टाका दादागिरी देख्नु भको होला
नेता/मन्त्रीले भ्रष्टाचार गरेको देख्नु भको होला
सरकारी कर्मचारीले घुस लिएको देख्नु भको होला
सरकार गठन-विघटनको खेल देख्नु भको होला
ती सबै-सबै वास्तविक हुन्
सायदै पत्याउनु हुन्न होला
तर,नतमस्तक गरि भन्दैछु
हो,त्यही देशको नागरिक हुँ 'म'

मेरो देशमा फिलिमका लागि पटकथाहरु
खाल-खालको छ्यापछ्याप्ती पाईन्छ

धर्मका विषयहरु
जात-छुवाछुतका कुराहुरु
भगवान,देवि-देउताका लीलाहरु
उदेकलाग्दो गरि देख्नु भको छ भने
ठम्याई हाल्नु होस्
हो त्यही देशको नागरिक हुँ 'म'

युवा अनि शिक्षितहरु
पखेटा लगाएर वैदेशिक रोजगारका लागि
ताँती लगाएर पठाउछन्
लाट्कोसेरो आयुले बाँचेकाहरु
नयाँ नयाँ मोडेलको चस्मा लगाएर
देशलाई भिरालै-भिरालो लैजान्छन्
राजमार्गतिर
अहँ,रातो सिग्नल देख्दै देख्दैन
जेब्राक्रसिङको रेखा देखा परेपछि
लुखुर-लुखुर हिडि दिन्छन्
र भन्छन्-
"श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् !"
हो,त्यही देशको नागरिक हुँ 'म' ।
१३-०९-२०१४

No comments:

Post a Comment