Thursday 4 December 2014

रुबाइयात -१०

          रुबाइयात -१० 

२८)
सुरुवात गर्छ आँखाले हुनलाई निकटतम
यहीँ आँखामा आँशु झरे सम्बन्ध नै खतम
खै,यी आँखामा आँशुको महासागर पो छ कि !
क्रमश: सम्बन्धमा वर्षीए पनि गर्छ स्वागतम।
१७-०१-२०१४

२९)
उताको मन यतातिर आए झैँ लाग्दैछ
यो मनको ढोका ढकढकाए झैँ लाग्दैछ
कदम बढाउदैछु म अगलो खोल्नलाई
सिकुवामा तिमी मुस्कुराए झैँ लाग्दैछ।
२६-०१-२०१४

३०)
आँखामा राख्दा आँखै बिझाउनेलाई
मनमा राख्दा बेचैनी बढाउनेलाई

राखौ त आखिर कहाँ राखौ ?
दिल-दिमागमा हलचल मचाउनेलाई ।
०५-०२-२०१४

३१)
झारफुक गरेर हुने भए झाँक्री झिकाई देऊ
उपचार गर्न मिल्ने भए डाक्टर बोलाई देऊ
जसरि हुन्छ, यो धड्कनको तेज रोक्नु छ मैले
कारण के हो लक्षण के हो ? तिमी नै बताई देऊ।
२३-०२-२०१४

३२)
कसैसंग दिलको कारोबार गर्नु नपरोस्
गर्नै परे, अँह ! मायामोहमा पर्नु नपरोस्
ए मन ! तँ साँढे बनेर अब कता डुल्दैछस् ?
तेरो कारण बारम्बार जीउँदै मर्नु नपरोस् ।
२४-०२-२०१४

३३)
मीठो याद दिनेलाई,मेरो याद नआए पनि
ती दुईपल काफी भो,उनको हुन नपाए पनि
जिवानान्त अपसोच,हुने छैन मलाई अब
समय र वाध्यताले,जतिसुकै नचाए पनि।
०४-०३-२०१४

३४)
मलाई छलेर योमन बेईमान नहुदो हो त
ती मीठो बोलि र मुस्कानले मन नछुदो हो त
ए ठूली !हाम्रो सम्बन्ध अघि बढ्ने नै थिएन
बेलाबखत जलन हुदा मन नरुदो हो त।
०६-०३-२०१४

No comments:

Post a Comment