Wednesday 18 December 2013

रुबाइयात:-३

          रुबाइयात:.... 

७)
झूटो नै होस् तर मुस्कान छरि देऊ
मेरो चक्रव्यूहमा अब परि देऊ
चाहे सम्बन्ध जे सुकै होस् स्वीकार छ
हे भगवान ! सुरुवात गरि देऊ।
३१-०८-२०१२
८)
मेरी भए ज्ञानी तिमी
सौन्दर्यकी खानी तिमी
तारिफ के गरूँ धेरै
रानी महारानी तिमी।
३१-०८-२०१२ 
९)
तिम्रो मेरो सम्बन्धमा धोका नहोस्
फुटेर जाने पानीको फोका नहोस् 
पलभरलाई मन बहलाउने 
शीतल दिने हावाको झोंका नहोस्"
१३-०७-२०१२

No comments:

Post a Comment