Sunday 28 September 2014

रुबाइयात-९


२५)
सूर्यमुखी फूल सूर्य तिर फर्किनु
भुइचालो आउदा जमिन थर्किनु
यी सबै-सबै प्रकृतिको रीत हुन्
जस्तो बाडुली लाग्दा सदा म सर्किनु।
११-०९-२०१२

२६)
नबोलेर नै धेरै कुरा बोलि सकें
मनको कुरा मनभित्र खोलि सकें
ए कान्छी !एउटा कुरा बुझी राख है

म बेरंग थिएँ तिमीमा घोली सकें।
०७-०९-२०१२

२७)
म सरेपछि तिमी अघि बढ्यौ
म झरेपछि तिमी अघि बढ्यौ
सर्नुझर्नु तिम्रै जालझेलमा
म परेपछि तिमी अघि बढ्यौ।
०२-०६-२०१३

No comments:

Post a Comment