Tuesday 24 December 2013

गजल:- बाँकी मेरो // विरानो भो

१०)   गजल 
बाँकि मेरो जिन्दगी नै,व्यर्थै जिउने नाम भयो
मतलवी दुनियाँमा, मेरो सस्तो दाम भयो 

चुकें कहाँ थाहा छैन, शिकायत कस्लाई गरौँ 
आफन्तले लुटेपछि ,कहर मलाई लाम भयो 

धुजा-धुजा हृदयलाई, टाल्न सिउन मिले हुन्थ्यो 
छुपाई व्यथा हाँस्नु पर्ने ,ममा कस्तो याम भयो 

सम्हालेर राख्छु सदा ,शूल मनमा बिझे पनि 
जिएँ जति जिन्दगी यो ,अब उल्फत खाम भयो 

यस्तो लाग्छ आजभोली,सम्बन्धको मोहजालमा 

निकम्मा यो जिन्दगीलाई टुंग्याउने काम भयो
१५-०८-२००८  

***   ****    ****   *****  ****

११) गजल 

विरानो भो शहर  विरानो भो हात दिने मान्छे 
भुलुं म कसरि बेकसुरमा घात दिने मान्छे 

जति सक्छौ देऊ बरु तिरस्कारका नजराना 
सिलसिला के रचायौ ! स्वार्थको बात दिने मान्छे 

बाँकि यहि थियो मेरो अंशु तिम्लाई उपहार 
तिम्रो पुर् छोडें अपशोचका रात दिने मान्छे 

शिकायत छैन अब नसुहाउने मुहार भो 
तुस कस्लाई पोखुँ अरिष्टका खात दिने मान्छे 

लुटिएको कुन खजाना भएँ ? समेटु कसरि 
आफ्नो दुनियाँ कहाँ खोजौ ? भन जात दिने मान्छे
१४-०३-२००८ 

No comments:

Post a Comment