Wednesday 22 October 2014

गजल:- गुनासोको // तिम्रा सारा

१४)
गुनासोको हुरी चल्दा,मुटु मेरो थर्किएछ
तिम्रो मेरो सम्बन्ध नै,शीशा बनि चर्किएछ


माया गर्नु एउटा कुरा,साथ दिनु अर्को कुरा
तिमीसंगै दैव पनि,मलाई छोडि तर्किएछ्

सन्जोगले भेट भई,सन्जोगले छुट्नु पर्दा
यस्तो लाग्छ फूलको हाँगा,भूँईतिर लर्किएछ

केहि थोपा आँशु दिएँ,केहि थोपा आँशु लिएँ
बाँकि सारा जे जे थिए,तिमीसंगै फ़र्किएछ्
०५-११-२०११
*****  ****   *****

१५)
तिम्रा सारा भुलमा पनि,मीठो माया पाउने गर्छु

जतिसुकै सताउ मलाई,तिम्रै सामु आउने गर्छु

आशा छैन साथ पाउने,मनमा भने दियो बाले
हुरि आई निभाउला कि,सधै म डराउने गर्छु

क्षणमा खुशी क्षण मै दु:खी बनाउने तिम्रो बानी
जति हैरान लागेपनि,मुसु-मुसु मुस्काउने गर्छु

न वाचा न त दिलासा विना नामको सम्बन्ध हाम्रो
कहिलेकाही दु:ख लागे आफैलाई सम्झाउने गर्छु।
२७-०२-२०१४

No comments:

Post a Comment