Thursday 11 April 2013

गजल:- अचानक // नदेखेको

   ३) गजल 

अचानक तिमी बोल्यौ,मगन भयो मन
अरु कसैको खबर सोध्यौ,जलन भयो मन

सोचेको थिएँ जीवनमा,तिम्रो हुन पाउँ
बेवास्तामा अनायासै,दफन भयो मन

मुटु माझ शूल बिझाई,कसरी म भनुँ

कुशलताको खबर दिदाँ,पतन भयो मन

टुटेपछि जोड्छु भनि,आशा गरे पनि
तिम्रो उस्को सम्बन्धले,सज्जन भयो मन

ईर्श्या सधै गरे पनि,बधाई दिन आएँ
बेहुलीको रुप देख्दा,कञ्चन भयो मन।
१०-०५-२०१० 

 ४)     गजल 

नदेखेको जस्तो गरि, नबोलेको जस्तो गरें
समिपमा बस्छौ भनि, अलिकति पर सरें

धेरै छन् यो मनका कुरा, तिमीसंग गर्नु पर्ने
नजर तिम्ले जुधाई दिंदा,द्वीविधामा सधै परें

जीवनमा साथ मिले, चाहिंदैन बाँकी केहि
अपूरो यो जिन्दगीमा,तिम्रो चाह मनमा छरें

मेरो माया तिमीलाई, दिलासा दिउ म कसरी
बेचैनीमा छट्पटिएर, धेरै पटक बाच्दै मरें

झेलिरहु कति अब, इशारालाई मात्र सधै
मौका जुराई तिम्रै हुन,प्रतिक्षामा मन  भरें।
०२-०३-२०१० 

No comments:

Post a Comment