Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Tuesday, 10 June 2014

कथा:- “समर्पण”

[कथा ]           “समर्पण” 

“मलाई चिन्यौ ?”
       एकैचोटि यो शब्द कानमा गुञ्जिएकोले म अलमलमा परें।मलाई ठम्याउन मुश्किल पर्यो।जवाफमा अन्जान बनेर चिन्दिन भन्न पनि सकिन किनकि उनको सवाल अनुसार मसंग परिचित हुनु पर्दछ।द्विविधामा रुमलिन पुगें।यो पाँच वर्षको प्रवास बसाईमा सायदै पहिलो पटक यति सामिप्य गरि कुनै युवतीले मप्रति गरेको सम्बोधन हुनुपर्दछ।खैर ! उनको सवाल तुल्यताको बिन्ती बिसाएँ -
“सायद,रै पनि पुन: परिचय पाए आभारी हुने थिएँ।“
‘कुनै दिन भेटमा हुन्न र !”
        उनको प्रस्तावलाई ईन्कार गरेर भेट्ने करारलाई गुमाउन चाहिन।मलाई लाग्यो गलत सम्पर्कमा फोन गरिरहेकी छिन्।चनाखो बनेर जसको महशुससम्म दिने गल्ति गरिन।

Sunday, 4 May 2014

कथा:- "परिबन्द"

                “परिबन्द” 

“अरे तिमी पनि यहाँ?”
“अँ ,म पनि।“ उसलाई नियाल्दै भनें।
         अकस्मात् भेटलाई सामान्य पार्न समिप बस्ने इशारा दिएँ।उसको शारीरिक बनावट धेरै परिवर्तन भई सकेको रहेछ।ठ्याक्कै चिन्नका लागि मलाई एकछिन हाम्मे-हाम्मे पर्यो।धन्न स्वर बद्लीएको रहेनछ।मान्छेको मन-मस्तिष्क बदल्न केहि समय पनि पर्याप्त हुन्छ तर बदन बद्लिनलाई त धेरै समय लाग्नु पर्ने हो।जे होस् मेरो मानसिकतालाई उसको बद्लिसकेको स्वरुपले बदल्न वाध्य पार्यो।त्यो हष्टपुष्ट जीउडाल पाँच वर्षको अन्तरालमा यसरि खिएर ख्याउटे हुन्छ भन्ने हेक्का मलाई

Monday, 21 October 2013

कथा:- सम्झौता

                                    “सम्झौता” 

“तिमी के चाहन्छौ ?”
“म के चाहन्छु,थाहा छैन;सायद तिमीलाई थाहा छ कि !” अकस्मात् उनले मलाई सवाल गरिन्;हतपत जवाफ दिएँ।
       सदा झैँ चमेना गृहमा उनको समिप गएर तराना नियाली रहें।यसरि हेर्नु मेरो आदत बसी सकेको थियो। उनलाई अप्ठ्यारो महशुस भएता पनि म स्वाभाविक ठान्थें।म लटमुखा छु,त्यसैले उनको सामु केहि बोल्नलाई हिम्मत जुटाउन सकेको थिईन।वाध्यतावश उनले नै पहिलो पटक सम्बोधन गरिन् ;जसलाई मैले सम्बन्धको सुरुवात ठानें।
“जहिले हेरिरहन्छौ,यस्तो मलाई पटक्कै मन पर्दैन;ख्याल गर नि !” मुहारमा आवेग झल्काउदै बोलिन्।
“आँखाले हेर्दा रिसाउछौ भने अबदेखि मनले हेरी दिउला नि !” ठट्टा गर्दै भनें।
      उनीसंगको संलाप यसरि हुन्छ भनेर मैले कदापि सोचेको थिईन।यस्तो सुरुवातको हेक्का मिलेको भए पहिल्यै बोल्ने थिएँ या त किमार्थ बोल्ने थिइन।वर्ष दिन पछिको फल निल्नु न ओकल्नु झैँ भयो।एउटै कम्पनीको कामदार भएर पनि काम गर्ने विभाग अलग-अलग भएकोले आकल-झुकल नजर जुध्ने गर्थ्यो।विश्राम र छुट्टीको समयमा प्राय: म उनकै आसपासमा देखा परिरहन्थें।जसले गर्दा मलाई ख्याल गर्न वाध्य भएकी थिईन्।
“तिमी को हौ ?अकार्थ सम्बन्ध जोड्ने कोशिश गर्छौ?” कफी आईस् पिउन अघि बोलिन्।
“मेरो निम्ति तिम्रो मनमा जे सवाल छ,म त्यसैको जवाफ हुँ।“ चुरोट सल्काएं।
 

Sunday, 9 June 2013

कथा:- “सँघार”

[कथा]            “सँघार” 

“म यस्तै नै छु।“
“किञ्चित अपसोच छैन ?“
“अब त जिन्दगीसँगै शिकायत पनि छैन मलाई।“
“उनलाई त ख्याल गर।“ चुरोट सल्काउदै ऊ बोल्यो।
        मप्रति सहानुभूति दर्शाउनेहरु त धेरै आएका थिए अनि गए पनि;तर ऊ दुई वर्षदेखि मलाई लगातार आत्मग्लानि दिलाई रहेको छ।अब ममा खोक्रो बदन सिवाय सौन्दर्यको अभिमानसम्म छैन।मलाई सुखमय भविष्यको दिलासा जताएर यो सयल-नगरीमा जड्काई दिने पनि यी नै पुरुष थिए।यतिबेला दलदलबाट पाखा झिक्न खोज्ने पनि यी नै पुरुष अग्रसर भईरहेको छ।म कसरि बुझाउ उसलाई-‘खरानी फेरि कहिल्यै आगो बन्न सक्दैन’;म त्यहि खरानी हुँ।

Saturday, 23 March 2013

कथा- निमन्त्रणा"


                               ”निमन्त्रणा”

"अरे कहिले आयौ"
"अस्तिको दिन"सोझो जवाफ दिएँ।
          म उनको समिप पुग्दा एक टकले मलाई हेरी रहिन्।मानौ अकस्मात् सोचेको वस्तु सामुन्ने प्रकट भयो।उनको हाउभाउलाई राम्ररी नियाली रहें।मन्द मुस्कानलाई ख्याल गर्ने हो भने यस्तो तेजस्वी नूरमा जूनको के सादृश्य गर्यौ त्यहाँ जो दाग छ । अँ,'मोनालिसा'को अलौकिक चेहेराको तस्विर जसलाई सोह्रौ शताब्दीतिर ‘लियोनार्दो दा भिन्ची’ले क्यानभासमा उतारेर अहिलेसम्म विश्वलाई मोहित पारिरहेकोछ।‘नाई’ यो पनि न्यायोचित हुँदैन।बरु अहिलेका जल्दा-बल्दा चित्रकार रमेश पौडेल या खगेन्द्र लिम्बू जो पुस्तकहरुमा आवरण चित्र कोर्न खपिस हुनुहुन्छ।उहाँहरुले आफ्नै जिन्दगीको पुस्तकमा उनको मुस्कान भरिएको मुहारलाई

Friday, 8 March 2013

कथा- मिस कफी

                        ''मिस कफी''

''वेटर कफी''
''कफी नै मगायौ नी !''
''हाम्रो सम्बन्धको सुरुवात पनि त कफीबाटै भएको होईन र !''
''लाग्छ,अझै पनि तिमीमा केहि बदलिएको छैन।''
''सिवाय तिमी र म'' नजर जुधाएर भने।
          कफी टेवलमा राख्दै वेटर मुसुक्क हाँसिन।हामीबीच परिचित भएकीले स्मीत हुँदै जवाफ दियौ।धेरै समयपछि हाम्रो उपस्थित भएकोले सवालरुपी मुस्कान स्पष्ट देखिन्थ्यो।छ महिना पछि त्यहिँ नानुमा क्याफेमा हाम्रो भेट भएको हो।उसको चित्त दु:खाएर अझ आफुलाई कमजोर बनाउन चाहिन।त्यसैले उसको बारम्बारको आग्रहलाई आज स्वीकार्न पुगें।
''विहेमा आईनौ नी,किन..?'' चुरुट सल्काउदै स्पष्टिकरण उसले मसंग माग्यो।