Monday 23 June 2014

रुबाइयात:-६

रुबाइयात:....

१६)
कमीमा कमि लिई पुरा गर्न आयौ
पुरानो कटेरोमा बसाई सर्न आयौ
जीवनको सुरुवात त अब हुन्छ "सोक्पेनी"
सुख थन्काई दु:खका साँघु तर्न आयौ ।
      २६-११-२०१२
****  ****   ****

१७) 
कैले काँही यो जिन्दगी,लाग्छ यस्तो
विना साहू बन्धकीमा,परे जस्तो

लुटिएको खजाना हुँ,लिनु हुन्छ
लिलामीमा राखेकोछु,दिन्छु सस्तो ।
२६-०९-२०१२
****   ****   ****

१८) 
जिन्दगीमा खुशीलाई सधैं यस्तो खास देऊ
साथै संगत गर्नेलाई पनि आभाष देऊ
ताकि तिम्रो दु:खहरू नै झुकेर बिन्ती गरोस्-
ए मनुवा ! कमसेकम कहिँ त बास देऊ।
०३-११-२०१३

1 comment: