Friday 27 June 2014

लघुकथा:- भूमिका / जवाफदेही

              "भूमिका"      

         "वर्तमान अवश्थामा युवाहरुको भूमिका" विषयक छलफलमा बाबुरामले आफ्नो मन्तव्य व्यक्त गर्यो-
- भोजपुर तुंगेेछाका एक किसान खेती गर्न लागी हलो बनाउँदै।
तस्बिर : ध्रुव सुवेदी
friday 13 ashad 2071  नागरिक न्यूज  
''हामी युवाहरु देशका कर्णधार हौ।कुबाटोमा नफसेर सधैं सुबाटोमा लाग्नु पर्छ।देश,समाज साथै आफ्नो घर-परिवारप्रति भलो हुने कार्यमा सक्रिय लागि परे मात्र हामीले हाम्रो जिम्मेदारी वहन गरिरहेका हुन्छौं।" उपस्थित सबैबाट तालीको वर्षा भयो।    
            असार मासमा खेत जोत्ने काम धमाधम भईरहेको थियो।कार्यक्रम सकेर बाबुराम घर पुग्दा उसको ६० वर्षीय बूढोबा खेत जोतेर आई पुग्नु भयो।बूढोबा केहि भन्न खोज्दै हुनुहुन्थ्यो;बाबुरामले अघि सर्दै भन्यो-
"बा,भोलि एक ठाउँमा हामी युवाहरुको गोष्ठी छ,त्यसैले म जोत्न नभ्याउने परें।"
- रचनाकाल:- २०६१/१२/२६
*****    *****   ********

            "जवाफदेही''



 ''तपाईको छोरा पनि पोखरीमा पौडी खेलिरहेको छ है ! होशियार गर्नु,भरै अनर्थ होला नि !''
 ''तिनीहरु सबैलाई गालि गरेर खेल्न नदिनु थियो नि ! ''
 ''सबैलाई गालि गरे कै हो,पत्याए पो ।हिर्काउँ भने तपाईहरु मसंग रिसाउनु हुन्छ,त्यसैले त्यतिकै छोडेर आएँ। ''
           उसको कुराले ति पौडी खेल्नेहरु साँचै नै केहि भई हाल्ला कि भन्ने भयले मनमा भुईचालो चल्यो। आजकलका केटाकेटिहरु  साह्रै अटेर हुन्छन्। जे काम गर्नु हुँदैन भनेर सम्झायो त्यहि काम सुटुक्कै  गर्न अग्रसर हुन्छन् । नाबालक भनौ भने निखट्ट भईसकेको छ;जति सम्झाए पनि हुदैन।आज हिर्काएर सम्झायो भोलि बिर्सिएर फेरि उपद्रो गरिहाल्छ । 'बाबु-आमाको मन छोरा-छोरी माथि ,छोरा-छोरीको मन ढुंगा-मुढा माथि'भन्ने उक्तिलाई चरितार्थ बनाई छाड्छ।'
          म हस्याङ्ग  - फस्याङ्ग  गर्दै पोखरीमा पुगें । केटाकेटिहरु खुब डुबुल्की मार्दै पौडी खेलिरहेका थिए। मलाई देखेर छोरा डराउदै  पोखरी बीचतिर भाग्दै गयो। फकाई -फुल्याई बाहिर निस्कन लगाएँ।सामुन्ने आएपछि रिस थाम्न सकिन ,दुई-चार झापड दिएँ । अरु बच्चाहरुलाई पौडी नखेल्न  सम्झाएँ,गालि गरें,डर देखाएँ,रै पनि बाहिर निस्कन मानेनन्।  तिनीहरुको बुबा-आमालाई भनिदिनु पर्ला भनेर छोरालाई साथै लिएर घर फर्किएँ ।कामको एकाग्रले अल्मलिएर कसैलाई खबर गर्न भ्याईन।  केहि समयपछि गाउँ भरि हल्ला फैलियो -'' छिमेकीको छोरा पोखरीमा डुबेर मर्यो। ''
 - रचनाकाल - ११-०७-०११
पेराक,मलेसिया

No comments:

Post a Comment