Monday 7 April 2014

लघुकथा:- प्रतियोगिता // फेसबूक

       “प्रतियोगिता”

“सर नमस्कार”
“नमस्कार”
“आरामै हुनुहुन्छ ?”
“आरामै छु,अनि तपाई ?”
“सर,’विश्व व्यापी अनलाईन साहित्यिक प्रतियोगिता” मा मेरो रचना उत्कृष्ट दशमा छनोट भएको छ।मैले पठाएको फेसबूक पेज-लिंक खोलेर लाईक [भोट] गरि तपाईका अन्य मित्रहरुलाई पनि लाईक गर्न लगाई
सहयोग पुर्याई दिनु भए आभारी हुने थिएँ।“
“ए, हुन्छ नि !”
      सायद उहाँ हतारमा हुनुहुन्थ्यो होला।आराम छु, सम्म भन्नु भएन।क्रमश: यसरि नै आ-आफ्नो एउटा-एउटा रचनासहित मेरो म्यासेजमा अनुरोध गर्नु हुने सबैलाई भोट दिएँ ।
१७-०६-२०१३ 
*****     ######    ****


       "फेसबूक"

"सर,नमस्कार'
"नमस्कार'
"हजुरको स्टाटस् मा लाईक र कमेन्ट गरेकोछु हेर्नु भो।'
'अँ हेर्दैछु,आज अचानक जताततै उपस्थिति जनाउने जाँगर कसरी चल्यो।'
"सर पनि,जाँगर त चलाउनु पर्छ नि..!'
"अचम्म..! निमेष भरमै धेरै जनाको रचनामा लाईक र कमेन्ट गर्न सम्भव हुन्छ र..!"
"हा..हा..हा..सरलाई के ढाँटु,सब भन्दा पहिले लाईक गर्छु अनि त्यहाँ भएको कुनै पनि कमेन्टको थोरै अंश कपि-पेस्ट गरिदिन्छु।'
'धुर्त मान्छे..!"
"हे..हे..हे..सर,ल त बिदा पाउँ।"
"ओके बाई.."
"सर,रचना ट्याग गरेकोछु,लाईक र कमेन्ट गर्न नभुल्नु होला।"
०५-०८-२०१२

No comments:

Post a Comment