Sunday 27 April 2014

भानुभक्त 'समारोह-समिति'

                   मलेसियाव्यापि 'खुल्ला कविता' प्रतियोगिता 
आदिकवि भानुभक्त आचार्य 

'आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोहको उपलक्ष्यमा मलेसियाव्यापि "खुल्ला कविता" प्रतियोगिता हुने भएकोले मलेसियामा कार्यरत इच्छुक सम्पूर्ण साहित्यानुरागीहरु प्रतियोगीतामा सहभागी
भई दिनुहुन हार्दिक अनुरोध गर्दछौ l
प्रतियोगिताका लागि:-
१) कुनै पनि विषयवस्तुमा कविताको गद्म वा पद्म संरचनामा लेखि सहभागी बन्न सकिनेछ l
२) प्राप्त भएका कविताहरु मध्ये "कविता छनौट समिति" ले छनौट गरेका कविताहरु मात्र प्रतियोगिताको लागि मान्य हुनेछन् l छनौट भएका प्रतियोगीहरुलाई जून १० तारिखसम्ममा जानकारी गराईने छ l
३) प्रतियोगीहरु कार्यक्रममा अनिवार्य उपस्थित अथवा मोबाईल वा इन्टरनेटको माध्यमबाट अनिवार्य आफ्नो कविता वाचन गर्नु पर्ने छ l अन्यथा छनौट भएका कविता नै स्वत; खारेज हुनेछ l
४) पत्र-पत्रिकामा बाहेक पूर्व प्रकाशित एकल या संयुक्त संग्रहबाट कविता उद्दृत गरिएको प्रमाणित भएमा मान्य हुने छैन l
५)कविताको साथमा आफ्नो पुरा नाम,नेपालको ठेगाना ,मलेसियामा कार्यरत राज्य र आफ्नो सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नु पर्नेछ l
६) कार्यक्रममा समारोह समितिले गठन गर्ने 'निर्णायक मण्डल' बाट हुने नतिजाको निर्णय नै अन्तिम हुनेछ l

प्रथम पुरस्कार:- प्रमाण-पत्र र RM. ३००/- [प्रायोजक:- सुम्निमा फाउन्डेसन >युबराज राई 'साम्पाङ जेठा" ,मलेसिया ]
दोश्रो पुरस्कार:- प्रमाण-पत्र र RM. २००/- [ अनाम मण्डली ,मलेसिया ] 
तेश्रो पुरस्कार:- प्रमाण-पत्र र RM. १००/- [प्रायोजक:- उदाउँदो तारा साहित्य समाज,पेनाङ् ,मलेसिया]
सान्त्वना पुरस्कार:- प्रमाण-पत्र र RM. ५०/- [प्रायोजक:- केस्रा लेखन मञ्च ]

> "कविता छनौट समिति' सदस्य:- मनि राई 'गोठाले',दिलदु:खी जन्तरे, राज अविरल यात्री र जीतमान राई 'सबिन'
कविता आईपुग्नु पर्ने मिति:- ८ जून २०१४
समारोह-कार्यक्रम मिति:- १५ जून २०१४ समय:- दिनको १२:०० बजे
स्थान:- कोताराया, क्वालालुम्पुर,मलेसिया
आयोजक:- 'आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति' मलेसिया l
सम्पर्क,ई-मेल:- कविता संकलन संयोजक - मौलश्री लिम्बू ०१०-५६५६९६१ [ e-mail- lmaulshri1@gmail.com] सह-संयोजक:- जीवन देवान 'गाउँले' ०१६३९१९५९०

पत्राचार ठेगाना :- Jeevan Dewan
17 jalan kedongdong off jalan
ampang hilir 55000, kuala lumpur,malaysia
*****........******......****

मिडिया सपोर्टर:- श्रम साप्ताहिक पत्रीका ,नेपाल पृष्ठभूमि साप्ताहिक,नेपाली खबर साप्ताहिक >मलेसिया।
सौजन्य:-
१) ब्यानर > प्रवासी नयन साहित्य समाज,जोहोर बारु मलेसिया ।
२) साउन्ड सिष्टम > अनाम मण्डली,मलेसिया ।
http://nepalaawaj.com/2014/04/14126.html


****   ####  *****

'भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति' मलेसिया 
जन्म वि सं १८७१ (1814) असार २९, चुँदी रम्घा,तनहुँ नेपाल // मृत्यु वि सँ १९२५ (1868) असोज ६

१३-०४-२०१४ क्वालालम्पुर,मलेसिया // नेपाल सरकारबाट 'भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समिति' का सदस्यमा मनोनीत मौलश्री लिम्बूको अध्यक्षतामा मलेसियामा 'भानुभक्त आचार्य
द्विशतवार्षिकी समारोह समिति' को गठन भएको छ ।
अध्यक्ष :- मौलश्री लिम्बू [राज्य-पेराक]
उपाध्यक्ष :- दिल दु:खी जन्तरे [सेलाङ्गोर]
उपाध्यक्ष :- निश्चल परदेशी [सेलाङ्गोर]
कोषाध्यक्ष:- राज अविरल यात्री गिरी [सेलाङ्गोर]
सदस्य सचिव:- जीवन देवान 'गाउँले' [क्वालालम्पुर]
सदस्यहरु :- राज आङ्देम्बे 'सहयात्री' [जोहोर बारू] , सन्तोष माबुहाङ् 'अनसन' [जोहोर बारू] , कृष्ण लिम्बू [जोहोर बारू] ,जीतमान राई 'सबिन' [पेनाङ्ग ] केशर सुब्बा [तेरेङ्गानु] सोम सुबेदी [क्वालालम्पुर], राई रुमानी [क्वालालम्पुर] युवराज बस्नेत [क्वालालम्पुर] दान राई 'झरी' [क्वालालम्पुर] चतुरमान राई [क्वालालम्पुर] भरत अधिकारी [क्वालालम्पुर] लक्ष्मी चेम्जोङ्ग [लाबुआन]
सल्लाहकार:- मणि राई 'गोठाले' ,रामचन्द्र गिरी ,अर्जुन काफ्ले
[http://www.prabasionline.com/bhanu-jayanti-in-malaysia/
http://www.samyantra.com/?p=9584#sthash.I30QM0es.dpbs

No comments:

Post a Comment