Friday 19 April 2013

लघुकथा:- अस्तित्त्व

                       अस्तित्त्व 

      दिनहुँ मान्छेहरुले जंगल विनाश गर्दै उपभोग गर्नाले त्यहाँ रहेका प्राणीहरुले खतराको महशुस गर्न थाले त्यसैले सबै जनावरहरु शिकायत गर्न जंगलको राजा सिंहसमक्ष गए  केहिदिन सभा चल्यो ।निर्णय बमोजिम  मान्छेहरुको स्वार्थ र उग्र स्वभावबाट जनावरहरुको अस्तित्त्व माथि हस्तक्षेप भईरहेकोले चाडै मान्छेविरुध्द सशस्त्र युद्धको शंखघोष गर्नलाई मानव बस्तीमा गई मान्छेहरुको अवश्था बुझी सोहि मुताबिक प्रतिक्रामण
गर्न बाघ, भालु र स्याल जासुसी गर्न बस्ति छिर्यो
       निश्चित समयपछि जासुसहरू र केहीक्षणमा राजा सिंहको साथमा जनावरहरु दलबल लिएर समर भूमिमा भेला भए आक्रमण गर्न अघि मानव बस्तीको बारे अवगत गराउदै बाघले राजा सिंहलाई भन्यो- "सरकार ! हामीले निराकरण गरे अनुसार मान्छेहरुसङ्ग युद्ध गर्न जरुरी छैन किनकी यिनीहरुको दुश्मन हामी हैनौ खुद तिनीहरु नै हुन् अहिले मान्छेहरु आपसमा झैँ-झगडा,काटमार गरिरहेकाछन्अब केहि समयपछि मान्छेहरु मान्छेबाटै सर्वनाश हुनेछन्हाम्रो भन्दा यिनीहरुको अस्तित्त्व दयनीय छ त्यसैले हामी फर्किएर जानु उचित होला"
      राजा सिंहले बाघको कुरालाई सदर गर्दै त्यहाँबाट सबैलाई बासस्थानतर्फ रमाना हुने आज्ञा दियो
[रचनाकाल:- २४-०९-२००९ ]

No comments:

Post a Comment