Tuesday 12 August 2014

"दोहा":- अध्याय-१

              केहि "दोहा" हरु 

०५) 
मगन्तेहरुले जुक्ति पनि,अनेक नै निकाले
घरमा बोलाएर नै, सक्दो माग्न थाले ।
०५-०८-२०१४

०४)
दिल दिमाग स्वाहा:गरी,भुल्ने कुरा नगर अब
चाहेर पनि भुलु कसरी,मेरो सास हौ जव ।
३१-०७-२०१४

०३)

धेरैबाट सुनेको छु, प्यार हुनेछ यसरी
तिनकै छ बेहाल सरी,तव पत्याउ म कसरी।
 ३०-०७-२०१४

०२)
सबै मान्छेको मनमा ,राक्षस हुने गर्छ
त्यसलाई जित्न सके,सफलता हात पर्छ।
२९-०७-२०१४

०१)
नजरबाट दिलमा घुस्ने,बुझ्न सकिन मामला
कसैलाई थाहा छ कि ! त्यो कस्तो हुन्छ कला।
 २८-०७-२०१४
***  ###  ***  ###  ***

     दोहा: संक्षिप्त परिचय 

      आरम्भमा हर काव्य रचना ‘दूहा‘ (दोहा) भन्ने गरिन्थ्यो।  फेरि संस्कृतको द्विपदीय श्लोकको  आधारमा केवल दुई पंक्तिको काव्य रचना ‘दोहड़ा‘ भन्न थालियो।कालांतरमा संस्कृत, पाली, प्राकृत, अपभ्रंश भाषाहरुको पूर्वपरता एवं युग्परकतामा छंद शास्त्रको साथ-साथ "दोहा" पनि अघि बढेको हो।  दोहा दुई पंक्ति (पद) को मुक्तक काव्य एवम् संस्कृत वाङ्मय तथा हिन्दी साहित्यको प्राचिन छन्द हो।   प्रत्येक पदमा २४ मात्रा हुन्छ। हरेक पद दुई चरणमा विभाजित रहन्छ। सम चरण  (पहलो, तेश्रो)  तेह्र मात्रा तथा विषम चरण (दोश्रो, चौथो) पदमा एघार मात्रा हुन अनिवार्य छ।
        सिद्ध 'दोहा'को  जन्म कुंडली महाकवि कालिदास (ई.पू .३००) को विकेमोर्वशीयमको चतुर्थांकमा हो ।दोहाको उत्पत्ति लगभग ३००० वर्ष पूर्व संस्कृत, अपभ्रंश व् प्राकृतबाट भएको हो।
मइँ जाणिआँ मिअलोअणी, निसअणु कोइ हरेइ 
जावणु णवतलिसामल, धारारुह वरिसेई । 
       शृंगार रसावतार महाकवि जयदेवको रचना संभवतः वर्तमान दोहाको जन्म पृष्ठभूमि तयार गर्नमा योगदान गरेको हो । 
किं करिष्यति किं वदष्यति, सा चिरं विरहेऽण 
किं जनेन धनेन किं मम, जीवितेन गृहेऽण 
        राजघरानादेखि  सर्वसाधारणसम्म दोहाकारको चरण चिह्न अमर तथा अमिट छ त्यो हो कबीर ( संवत १४५५ – संवत १५७५ )। कबीरको "दोहे" यति सरल छ कि अनपढ़ले सरलताक साथ बुझ्छन् , साथै यति कठिन पनि छ कि दिग्गज भन्दा दिग्गज विद्वानले पनि बुझ्न मुश्किल पर्नेछ । हिन्दु कर्मकांड र मुस्लिम फिरका परस्तीको निडरताका साथ विरोध गर्ने कबीर निर्गुण भावधाराको गृहस्थ सन्त थिए।
      मुगल सम्राट "अकबर" को पराक्रमी अभिभावक "बैरम खानखाना" को छोरा "अब्दुर्रहीम खानखाना उर्फ़ रहीम" ( संवत १६१० – संवत १६८२) जो अनेक भाषाका विद्वान थिए। उनि राम-कृष्ण-शिव आदिको भक्त पनि थिए। उनैले "दोहा" लेखनमा शृंगार विषयलाई थप प्राथमिकता दिएका थिए। उनको एक प्रसिद्ध दोहा:-
"नैन सलोने अधर मधु, कहि रहीम घटि कौन? 
मीठा भावे लोन पर, अरु मीठे पर लोन।
जस्तै मात्रा गणना:- 
"नैन सलोने अधर मधु, (= १३ मात्रा ) कहि रहीम घटि कौन? = ११ मात्रा)
मीठा भावे लोन पर,(=१३ मात्रा)  अरु मीठे पर लोन। =११ मात्रा
      ११ औ शताब्दीका महाकवि कल्लोल को अमर कृति ‘ढोला-मारूर दोहा‘ मा ‘दोहा घणां पुराणां छंद‘ भनेर दोहाको प्रसंशा गरिएको छ । राजा नल को पुत्र ढोला तथा पूंगलराज की पुत्री मारू को प्रेमकहानीलाई दोहाले नै अमर गरेको हो।
सोरठियो दूहो भलो, भलि मरिवणि री बात ।
जोबन छाई घण भली, तारा छाई रात । 
......
 [अनुवाद तथा स्रोत:  
१) http://kavita.hindyugm.com/2009/12/blog-post_15.html
२) http://kaviambarishsrivastava.wordpress.com/%E0%A4%95%E0%A4%BE%E0%A4%B5%E0%A5%8D%E0%A4%AF-%E0%A4%AE%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A5%8B%E0%A4%82-%E0%A4%95%E0%A5%87-%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0/

No comments:

Post a Comment