Saturday 7 September 2013

लघुकथा:- छनौट / नजराना

लघुकथा
                             "छनौट"

         उ भावुक र मिहिनती थियो ।त्यसैले सुनहरु फलायो ।केही सुन देखाएर बांकी सन्दुकमा थन्कायो ।उसले कहिल्यै कसैसंग पनि सुनको स्तरियता र विशेषतालाई लेखा-जोखा गराएन बरु रोब सुनाउन चुक्दैन थियो ।उसलाई अरु कसैको पर्वाह थिएन वश आफुलाई विशेष व्यत्ति सम्झन्थ्यो ।धेरै पटक आफुलाई अन्य समकालीन व्यत्तिहरुसंग सादृष्य गर्‍यो तर उसले आफ्नो छुट्टै पहिचान भ ईसकेको सम्झियो ।रै पनि उसलाई
चित्त बुझेको थिएन ।अब उ दुनियाँमाझ कहलिन चाह्यो ।त्यसैले एक रात उ निदाउन अघि सम्पूर्ण सुनहरुको बारेमा पत्र-पत्रीकाहरुमा प्रकाशित गरि मशहूर बन्ने उपायहरुको सोच लियो ।उसले तन्द्रा लाग्नु अघिसम्म सोचिरह्यो ।
         अन्त्यमा उसले सन्दुकबाट सुनहरु झिकी स्तरिय सुनहरुको छनौट गर्न थाल्यो ।जब सखार उ ब्युँझियो तव उसले तकियानेर उहि कोरा कागज र डटपेन मात्र भेटायो ।
रचनाकाल:- २५-०८-२००७
स्थान"- पेराक,मलेसिया  

****     *****      *******        *******        ******          ****

                "नजराना"

             हाम्रो होस्टललाई एक डहरले मात्रै छुट्याएको थियो ।रै पनि हाम्रो आवत्-जावत भईरहन्थ्यो ।सम्बन्ध पनि अरुसंग भन्दा प्रगाढ थियो ।उसको आर्थीक अवस्था नाजुक भएकोले प्राय: म उसलाई सहयोग गर्ने गर्थे ।अन्य साथीहरुमाझ उसले विश्वास गुमाईसकेको थियो ।मलाई पनि उसको आचरणप्रति अपाच्य लाग्न थालेकोले कहिले काही सम्झाउने गर्थे ।त्यसबखत उ समझदार हुने गर्थ्यो ।केही समय हाम्रो भेटघाट भएन ।पछि सुने यतै घरजम गरेर बस्नलाई चाँजो-पाँजो मिलाउदैछ ।यो कुराले उसंग भेट्ने रत्तिभर मलाई चाह भएन ।एक साँझ मलाई भेट्न आयो ।उसको आमा सिकिस्त बिरामी हुनुभएकोले केही पैसा सापटि दिएँ ।उसले आफ्नो बारेमा केही भनेन,मैले पनि सोधिन ।
        त्यसपछि हाम्रो भेट भएन ।काममा व्यस्त हुन थालेकोले फुर्सद मिलाएर भेट्न जान पनि भ्याईन ।उसले सम्झिएर पैसा फिर्ता दिन पनि आएन ।पछि थाहा भो उसको स्वास्थ्यमा गडबडी देखिएकोले कम्पनीले घर फर्काई दिई सकेको रहेछ ।मलाई थाहा छैन यतिबेला उ आफ्नो आचरणप्रति प्रायश्चित गरिरहेकोछ या,यहाँबाट लगेर गएको नजराना गाउँघरमा बाँडिरहेकोछ ।
रचनाकाल:- २०-०८-२००७
स्थान"- पेराक,मलेसिया  

No comments:

Post a Comment