Monday, 21 October 2013

कथा:- सम्झौता

                                    “सम्झौता” 

“तिमी के चाहन्छौ ?”
“म के चाहन्छु,थाहा छैन;सायद तिमीलाई थाहा छ कि !” अकस्मात् उनले मलाई सवाल गरिन्;हतपत जवाफ दिएँ।
       सदा झैँ चमेना गृहमा उनको समिप गएर तराना नियाली रहें।यसरि हेर्नु मेरो आदत बसी सकेको थियो। उनलाई अप्ठ्यारो महशुस भएता पनि म स्वाभाविक ठान्थें।म लटमुखा छु,त्यसैले उनको सामु केहि बोल्नलाई हिम्मत जुटाउन सकेको थिईन।वाध्यतावश उनले नै पहिलो पटक सम्बोधन गरिन् ;जसलाई मैले सम्बन्धको सुरुवात ठानें।
“जहिले हेरिरहन्छौ,यस्तो मलाई पटक्कै मन पर्दैन;ख्याल गर नि !” मुहारमा आवेग झल्काउदै बोलिन्।
“आँखाले हेर्दा रिसाउछौ भने अबदेखि मनले हेरी दिउला नि !” ठट्टा गर्दै भनें।
      उनीसंगको संलाप यसरि हुन्छ भनेर मैले कदापि सोचेको थिईन।यस्तो सुरुवातको हेक्का मिलेको भए पहिल्यै बोल्ने थिएँ या त किमार्थ बोल्ने थिइन।वर्ष दिन पछिको फल निल्नु न ओकल्नु झैँ भयो।एउटै कम्पनीको कामदार भएर पनि काम गर्ने विभाग अलग-अलग भएकोले आकल-झुकल नजर जुध्ने गर्थ्यो।विश्राम र छुट्टीको समयमा प्राय: म उनकै आसपासमा देखा परिरहन्थें।जसले गर्दा मलाई ख्याल गर्न वाध्य भएकी थिईन्।
“तिमी को हौ ?अकार्थ सम्बन्ध जोड्ने कोशिश गर्छौ?” कफी आईस् पिउन अघि बोलिन्।
“मेरो निम्ति तिम्रो मनमा जे सवाल छ,म त्यसैको जवाफ हुँ।“ चुरोट सल्काएं।
 

Friday, 4 October 2013

गजल:- नआउँ भन्थें // अनिँदोमा

८) गजल

नआउँ भन्थें विदाईमा ,तिम्रै आग्रहमा धाएँ
नासो थियो मेरो माया, सबै फिर्ता लिन आएँ

अन्मिएकी थियौ तिमी,नयनमा मोतिसरि  
हालतको बन्दी हामी,मैले मनलाई सम्झाएँ

कर्तव्यलाई अंगालेर,सुनौलो जीवन पायौ
भताभुङग जीवनमा, मैले फेरि घात पाएँ

Saturday, 21 September 2013

कविता:-'सौन्दर्य' र 'छलाङ्ग'

'सौन्दर्य'

उर्फ !
मेरो अन्दाज बाहिरको
कल्पना भन्दा परको
तिम्रो चेहेराको नूर
अनि,मैले कहिल्यै नदेखेको
यस्तो वदन
म त मदहोशी भए
देखेर तिम्रो सौन्दर्य।

Friday, 13 September 2013

रुबाइयात:-२

      रुबाइयात:... 

४)
जाने भए जाऊ यसरि जाऊ
याद बनेर कहिल्यै नआऊ
दिल दिमाग यी सब दिंदैछु
ताकि अब मलाई नसताऊ।
                             रचनाकाल:- २५-०८-२०१२

५) 
जति शृंगार गर किफायत हुँदैन
माली विना बगैचा हिफाजत हुँदैन
नि:शंकोच मलाई भमरा ठान्छौ भने
धरोधर्म कदापि शिकायत हुँदैन।
                               रचनाकाल:- २५-०८-२०१२ 

Saturday, 7 September 2013

लघुकथा:- छनौट / नजराना

लघुकथा
                             "छनौट"

         उ भावुक र मिहिनती थियो ।त्यसैले सुनहरु फलायो ।केही सुन देखाएर बांकी सन्दुकमा थन्कायो ।उसले कहिल्यै कसैसंग पनि सुनको स्तरियता र विशेषतालाई लेखा-जोखा गराएन बरु रोब सुनाउन चुक्दैन थियो ।उसलाई अरु कसैको पर्वाह थिएन वश आफुलाई विशेष व्यत्ति सम्झन्थ्यो ।धेरै पटक आफुलाई अन्य समकालीन व्यत्तिहरुसंग सादृष्य गर्‍यो तर उसले आफ्नो छुट्टै पहिचान भ ईसकेको सम्झियो ।रै पनि उसलाई