Wednesday, 24 September 2014

कविता:- भेट // मान्छे -२

'' भेट''

घोटीन्दै गएको वैश
अनि
चुलिंदै गएको वैश
यहि विन्दुको आस-पासमा
आधुनिक प्रविधिको मध्यस्थताबाट
सम्भव बनेको
यो हाम्रो भेट
निकै अर्थ पूर्ण छ,
कहिँ-कतैबाट निर्देशित
लाग्छ रुखबाट फल खस्नु
न्युटनको गुरुत्व आकर्षण बल  मात्र होईन
जो अन्तत खस्नु पर्छ
यसमा कुनै रहस्य छ
जसलाई न्युटनले

आफ्नो सिद्धान्तमा समायोजन गरेर सिद्ध गरे,
ठीक यसरी नै
हाम्रो भेट हुनु
अकार्थ छैन
न त फजुल नै
पक्का केहि त छ
जसले हाम्रो ऊर्ध्वरेखामा संयोग लेखिदिएको छ,
यसैको सुनियोजित हुनुपर्छ
जसलाई किमार्थ स्विकार्नु पर्छ
किनकि
भगवान कसले देखेको छ र..!
एउटा अकाट्य विस्वासमा
हामीले भगवान देखेका छौ
यसर्थ मेरो विस्वास हौ
जसलाई मैले
परोक्ष स्विकारेको छु
यो मेरो भ्रम होईन
न त अन्धो विस्वास
जव दिल-दिमागमा
तिम्रो उपस्थिति हुनु
यो कुनै
निराधार होईन...!
    ३०-०८-०११

####   ****  ####

'' मान्छे'' -२ 

त्यति बेला
बाँदरबाट उछिट्टिएर
मान्छे बन्यौ
र आफुलाई
अलिकति विकसित,अलिकति चेतनशील प्राणी
आफैले अलाप्यौ
यतिबेला
जति नै महान कहलिएता पनि
बाँदर र मान्छेबीच
यति फरक छ
मान्छेको पुच्छर छैन
बाँदरले घर बनाउदैं

कदाचित !
बाँदरले घर बनाउन थाले
पुच्छर अलप भए
बबुरो मान्छे
डार्विनको कुन विकासवादको
के बन्छ होला..?

रचनाकाल:-१४-८-२०११
रचना स्थान:- मलेसिया

No comments:

Post a Comment