Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Monday, 15 December 2014

केहि कविताहरु :- १ [२०१४]

“यमराजको अदालतमा: ल्हाक्पा तामाङको बयान”

यमलोकका ख्वामित !
मृत्युपछि स्वर्ग र नर्कको फैसला गर्नु हुने
यस अदालतका प्रधानन्यायाधीश
यमराज ज्यू !

श्रीमान !
म- ल्हाक्पा तामाङ
ठेगाना- सिम्जुङ-छ,गोरखा,नेपाल
उमेर- ६२ वर्षीय
राष्ट्रियता- धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपाल
अभियोग- गोरु काटेर खाएको
सजाय- प्रहरीद्वारा गोलि ठोकि मृत्युदण्ड

श्रीमान !

Sunday, 30 November 2014

कविता:- एक खाल्को संस्मरण // एक खाल्को यात्रा

 "एक खाल्को संस्मरण"

ठ्याक्कै पाँच महिना भा थ्यो
तिम्रो देश टेकेको मैले
अलिली तिम्रो भाषा बुझ्थें,बोल्थें
हामीले रासन किन्ने पसल पारी
कपडा पसलको सेल्समेन तिमी
मैले हाफपेन्ट किन्दा
पहिलो पटक बोलेका थियौ
म एकदम चम्बु मान्छे
त्यसपछी त
किराना पसल आउने बहाना कति हो कति
त्यसैले धेरै पटक जुधे नजर
अनि धेरै पटक
कटाक-कुटुक मिलाएर बोली पठाएँ

नढाटी भन्नू पर्दा

Tuesday, 7 October 2014

कविता:- चस्मा // सुब्बा साप'को चस्मा

   "चस्मा"

हिजोदेखि
मेरो चस्माको पावर घटेकोछ क्यार!
जस्ले मलाई
हरेक बस्तुहरुको सकल ठम्याई दिन्थ्यो
सायद,दुरुस्तै देख्थे
त्यसैले अर्थ्याई हिड्थें 'समानता'
-रगत रातो हुन्छ
-रंग अनेक हुन्छ

आज,चस्मा फेरेदेखि
रगतलाई रातो मात्र होईन रातोसंगै
परिस्थितिको प्रवाहलाई मापन गर्न सक्छु

Wednesday, 24 September 2014

कविता:- भेट // मान्छे -२

'' भेट''

घोटीन्दै गएको वैश
अनि
चुलिंदै गएको वैश
यहि विन्दुको आस-पासमा
आधुनिक प्रविधिको मध्यस्थताबाट
सम्भव बनेको
यो हाम्रो भेट
निकै अर्थ पूर्ण छ,
कहिँ-कतैबाट निर्देशित
लाग्छ रुखबाट फल खस्नु
न्युटनको गुरुत्व आकर्षण बल  मात्र होईन
जो अन्तत खस्नु पर्छ
यसमा कुनै रहस्य छ
जसलाई न्युटनले

Sunday, 31 August 2014

कविता:- अस्तित्व // पुकार

“अस्तित्व"

तिम्रो भाषा बोल्न लगायौ
मैंले बोलें
तिम्रो संस्कार अँगाल्न लगायौ
मैंले अँगाले
तिमीले आफु जस्तो बनाउन
जे-जे मलाई अख्तियार गर्यौ
सबै-सबै स्वीकारें
मानौ कि तिम्रो निम्ति बनेको A4 कागज हुँ
जसमा जे मुद्रण गर्छौ
दुरुस्तै भई दिन्छु/भई रहेकोछु
मलाई थाहा छ
कहिले जवर्जस्ती,कहिले छलकपटमा

Tuesday, 15 July 2014

कविता:- आकाशवाणी र म // म फेदाङ्मा हुँ

"आकाशवाणी र म"

"हौ केटा !
कहिलेसम्म तटमा उभिएर रनभुल्ल पर्छस् ?
तँसंगै देखा परेकाहरु
बन्दरगाहबाट किस्ती लिएर
महासागरको यात्रामा निस्की सके
तैले पनि तय त गर्नै पर्छ
सबैको गन्तव्य त्यो निलो क्षितिजतिर नै हो
तँ जति नै
आंधी-हुरी,छाल,सुनामीसंग तर्किएरडराएर बसे पनि
तँ पनि जानु नै पर्छ एक दिन
ल सुन !

Monday, 31 March 2014

कविता:- हुँ // पौठाजोरी

  “हुँ” 

म भूत हुँ
लु जा मैले नै स्वीकारें
म भूत हुँ
तर कब्रस्थानको आत्मा/भूत पटक्कै होईन
तिमी /मान्छेको बस्तीबाट [जो मेरो पनि थियो ]
अस्तिदेखि उचाल्दै-थेचार्दै गरेर हत्याई दियौ
फलस्वरूप
निस्सासिएर/बिच्किएर दिउसै देखा पर्न वाध्य भएको
स-शरीर भूत हुँ र हुँहरुको जमात पनि भूत हुन्
म [हामी] भूतहरुलाई देखेर हाँस्दै हौला या तर्सिंदै हौला
अझ भनौ मनमनै हात लोपार्दै हौला

Monday, 30 December 2013

कविता:- उपस्थिति//गाउँहरु

''उपस्थिति''

म
अहिले फर्किएर आउँदा
तिमी उस्तै रहेछौ
म अलिकति बद्लिएछु
यो नै
हाम्रो सम्बन्धको फाटक बनेर
सदिऔको लागि पर्खाल हुने भो
यसो हुनुमा
कसको दोष..?

म निरुत्तर छु

Tuesday, 5 November 2013

कविता:-"श्रीमतीलाई चिट्ठी" // "जीवन-रङ्ग"

"श्रीमतीलाई चिट्ठी"

प्यारी..!
तिम्रो नाममा फेरि चिट्ठी लेख्दैछु
यो पटक
यो देश[मलेसिया] र हाम्रो देशको बारेमा केहि सादृश्य गरें है
यहाँको सडक,शहर,औधोगिक अनि बडेमाको महलहरु
हाम्रा नाती-पनातिले पनि
देशमा देख्न नपाउलान्
विलासीता भोग्न नपाउलान्
त्यो आफ्नै ठाउँमा छ

टि.भी., पत्र-पत्रिकामा देख्ने गर्थें
अस्ति भर्खर खुद यहि आँखाले देखें /नियालें

Saturday, 21 September 2013

कविता:-'सौन्दर्य' र 'छलाङ्ग'

'सौन्दर्य'

उर्फ !
मेरो अन्दाज बाहिरको
कल्पना भन्दा परको
तिम्रो चेहेराको नूर
अनि,मैले कहिल्यै नदेखेको
यस्तो वदन
म त मदहोशी भए
देखेर तिम्रो सौन्दर्य।

Tuesday, 23 July 2013

कविता:- 'ठूलो मान्छे' र 'म'

    "ठूलो मान्छे"

''ऊ
पहिले धेरै तल थियो
भर्याङ्ग चढ्न सिकाएर  माथि उक्लाएँ
अहिले
उ धेरै माथि छ
लगभग अन्तिम तलाको लिस्नुतिर
अब उसलाई कसैको जरुरत छैन
सम्बन्ध टुट्नु र फुट्नुमा
कुनै मतलव छैन
बरु

Thursday, 4 April 2013

कविता:- "चाह"

'' चाह ''

सखारै व्यूंझिन्दा
मेरो अघिल्लतिर
गजबको आकृतिले
दर्शन भेटमा भन्यो-
''ए बालिग..!
तैंले उनलाई जताउने गरेको
प्रेम समर्पणप्रति
म प्रसन्न भएँ

Monday, 11 March 2013

कविता- "मान्छे'

  "मान्छे"

मान्छे
प्रत्येक मान्छे जीउनका खातिर
यता-उता भौतारिएर
केहि हराएर खोजे जस्तो
केहि लिनलाई रोजे जस्तो
खै के-के चाहिरहेको हुन्छ
अनि केहि पाउने लालसामा