Saturday, 21 September 2013

कविता:-'सौन्दर्य' र 'छलाङ्ग'

'सौन्दर्य'

उर्फ !
मेरो अन्दाज बाहिरको
कल्पना भन्दा परको
तिम्रो चेहेराको नूर
अनि,मैले कहिल्यै नदेखेको
यस्तो वदन
म त मदहोशी भए
देखेर तिम्रो सौन्दर्य।



जसरी बन्यौ
अब
कोही कहिल्यै बन्न सक्दैन होला
शायद
जूनलाई पनि ईर्श्या लाग्दो हो
त्यसैले रातमा उदाएको हुनुपर्छ
जव सखार हुन्छ
आफुलाई अमिल्दो पाएर
अस्ताउदो हो ।

खैर !
तिम्रो सौन्दर्यको बखान गरिरहेकोछु
जस्ले मेरो चक्षुलाई घोर्याईरहेछ
लाग्छ
समिप आउन लालयित छु
त्यसैले
ख्याल गरे हुन्छ मलाई
म जे जसरी नी
सम्बन्धको छेस्को लिएर आउँदैछु
थाहा छैन मलाई
सम्बन्धको निम्ती सौन्दर्यको छनौट
जायज हो या नाजायज
हुन सक्छ
आत्माको छनौट पो जायज या नाजायज
मलाई पर्वाह छैन
वस्
आफुलाई झुकाएँ
देखेर खातिर तिम्रो
सौन्दर्य । 

****    *****    *****   *****

'छलाङ्ग'

म जहाँ थिएँ
अब त्यहाँ छैन म
ति बेठेगान मनहरुलाई
आजकाल सँगाल्दैछु
किनकी
हरेक कदमको सीमा हुने रहेछ
म त्यही
कुनै सीमामा बेरिसकेकोछु
कुनै पत्तो विना
कुनै हेक्का विना
भरखर यात्रारत छु
नौलो सामना गर्दै
नौलो वहाना लिएर
अतितलाई जवर्जस्त समायोजन गर्दै
वर्तमानलाई खोस्रन्दै
भविश्यको लकीर खिच्न
किनकी म यतिबेला
पहिले जस्तो हलम्बू र निखट्ट छैन
न त जवानीको रवाफ नै
फगत्,त्यसवखत रुमलिरहेको थिएछु
त्यसैले,अब मैले
वस् ! नाघ्नु छ समयसँगै
जिन्दगीको छलाङ्ग।  

No comments:

Post a Comment