"पाप कि पुण्य"
" यो दु:खीलाई एक-दुई रुपियाँ दिएर पुण्य कमाउनु होस्। " एक जना वयस्क फकीर मतर्फ दुई हात फैलाउँदै बोल्यो ।
उसले निकै पहिले देखि यसरि नै जीविकोपार्जन गरिरहेको हुनु पर्दछ। लट्टा परेको कपाल अनि लामा-लामा दाह्री,जुँगालाई सफाचट्ट गर्ने हो भने तन्दुरुस्त युवा देखिन्छन् ।मानसिक सन्तुलन गुमेको वा अशक्त-अपांगको कुनैपनि लक्षण छैन।
मैले पाँच रुपियाँ दिंदै भनें-
" यसरि माग्नेलाई नदिनु भनेको पाप हो तर स-कुशल माग्ने मान्छेलाई दिनु भनेको महापाप हो।अब मैले पाप कि पुण्य पाउँछु होला ?"
रुपियाँ पाएपछि बेमतलव हुँदै चुपचाप अर्को व्यक्तिसमक्ष मलाई गरेको व्यवहारको रिहर्सल गर्न थाल्यो।
रचनाकाल:- २०६१/०१/०१
### *** ### ***
"व्यवसाय"
Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts
Friday, 19 September 2014
Saturday, 2 August 2014
लघुकथा:- फैसला//अनुत्तरित
"फैसला"
छोरीको दाईजो प्रकृयामा खिचोला भई मुद्दा बनेर जिल्ला अदालतसम्म पुग्यो ।जायजेथा र सावगासले भ्याएसम्म दाईजो दिएकै थिएँ ।रै पनि चित्त बुझाउन सकेनन्।उनिहरुले माग राखे बमोजिमको रुपियाँ-दस्तुर झट्टै थमाई दिने ममा हैसियत थिएन ।यसर्थ उनिहरुले छोरीलाई नै भाका-समय ठहर्याई फर्काईदिएका थिए ।
म धर्मसंकटमा परें।छोरीको वल्ल बस्न लागेको घरजमलाई रुपियाँ कै कारणले बिथोल्न चाहन्नथें । त्यसैले माग पुरा गर्न नसकेता पनि केही रकम दिने निर्णयमा पुगें ।जो कुराको अवगत गराई छोरीको घरजम बचाइ दिनलाई अनुनय गर्न जिल्ला न्यायाधिशको घर गएँ ।न्यायाधिशसमक्ष म आउनुको मुराद बताउन खोज्दै थिएँ,भित्र कोठाबाट लाञ्छना र अपशब्दका वचनहरु वर्षिएको सुनें ।अश्रुधारा बगाउदै नव बुहारी हामी समिप आईन् । न्यायाधिश ज्युले कटाक्ष पाराले आफ्नी बुहारीलाई मूल ढोकाको सँघार देखाईदिनु भो ।यो वातावरणलाई बुझ्न म भुक्तभोगीलाई कठिन लागेन । त्यसैले आफ्नो निर्णयलाई गथासो बनाई बैठक कोठाबाट उठ्दै भनें-
'हजुर । ।! आज फैसला छ,अदालत जाउँ कि !'
रचनाकाल:- १४-११-२००७
रचनास्थान:- पेराक,मलेसिया
### *** ###
"अनुत्तरित"
छोरीको दाईजो प्रकृयामा खिचोला भई मुद्दा बनेर जिल्ला अदालतसम्म पुग्यो ।जायजेथा र सावगासले भ्याएसम्म दाईजो दिएकै थिएँ ।रै पनि चित्त बुझाउन सकेनन्।उनिहरुले माग राखे बमोजिमको रुपियाँ-दस्तुर झट्टै थमाई दिने ममा हैसियत थिएन ।यसर्थ उनिहरुले छोरीलाई नै भाका-समय ठहर्याई फर्काईदिएका थिए ।
म धर्मसंकटमा परें।छोरीको वल्ल बस्न लागेको घरजमलाई रुपियाँ कै कारणले बिथोल्न चाहन्नथें । त्यसैले माग पुरा गर्न नसकेता पनि केही रकम दिने निर्णयमा पुगें ।जो कुराको अवगत गराई छोरीको घरजम बचाइ दिनलाई अनुनय गर्न जिल्ला न्यायाधिशको घर गएँ ।न्यायाधिशसमक्ष म आउनुको मुराद बताउन खोज्दै थिएँ,भित्र कोठाबाट लाञ्छना र अपशब्दका वचनहरु वर्षिएको सुनें ।अश्रुधारा बगाउदै नव बुहारी हामी समिप आईन् । न्यायाधिश ज्युले कटाक्ष पाराले आफ्नी बुहारीलाई मूल ढोकाको सँघार देखाईदिनु भो ।यो वातावरणलाई बुझ्न म भुक्तभोगीलाई कठिन लागेन । त्यसैले आफ्नो निर्णयलाई गथासो बनाई बैठक कोठाबाट उठ्दै भनें-'हजुर । ।! आज फैसला छ,अदालत जाउँ कि !'
रचनाकाल:- १४-११-२००७
रचनास्थान:- पेराक,मलेसिया
### *** ###
"अनुत्तरित"
Friday, 27 June 2014
लघुकथा:- भूमिका / जवाफदेही
"भूमिका"
"वर्तमान अवश्थामा युवाहरुको भूमिका" विषयक छलफलमा बाबुरामले आफ्नो मन्तव्य व्यक्त गर्यो-
''हामी युवाहरु देशका कर्णधार हौ।कुबाटोमा नफसेर सधैं सुबाटोमा लाग्नु पर्छ।देश,समाज साथै आफ्नो घर-परिवारप्रति भलो हुने कार्यमा सक्रिय लागि परे मात्र हामीले हाम्रो जिम्मेदारी वहन गरिरहेका हुन्छौं।" उपस्थित सबैबाट तालीको वर्षा भयो।
असार मासमा खेत जोत्ने काम धमाधम भईरहेको थियो।कार्यक्रम सकेर बाबुराम घर पुग्दा उसको ६० वर्षीय बूढोबा खेत जोतेर आई पुग्नु भयो।बूढोबा केहि भन्न खोज्दै हुनुहुन्थ्यो;बाबुरामले अघि सर्दै भन्यो-
"बा,भोलि एक ठाउँमा हामी युवाहरुको गोष्ठी छ,त्यसैले म जोत्न नभ्याउने परें।"
- रचनाकाल:- २०६१/१२/२६
***** ***** ********
"जवाफदेही''
"वर्तमान अवश्थामा युवाहरुको भूमिका" विषयक छलफलमा बाबुरामले आफ्नो मन्तव्य व्यक्त गर्यो-
![]() |
| - भोजपुर तुंगेेछाका एक किसान खेती गर्न लागी हलो बनाउँदै। तस्बिर : ध्रुव सुवेदी friday 13 ashad 2071 नागरिक न्यूज |
असार मासमा खेत जोत्ने काम धमाधम भईरहेको थियो।कार्यक्रम सकेर बाबुराम घर पुग्दा उसको ६० वर्षीय बूढोबा खेत जोतेर आई पुग्नु भयो।बूढोबा केहि भन्न खोज्दै हुनुहुन्थ्यो;बाबुरामले अघि सर्दै भन्यो-
"बा,भोलि एक ठाउँमा हामी युवाहरुको गोष्ठी छ,त्यसैले म जोत्न नभ्याउने परें।"
- रचनाकाल:- २०६१/१२/२६
***** ***** ********
"जवाफदेही''
Wednesday, 21 May 2014
लघुकथा:- नि:सार // दैदस्तुर
[लघुकथा] “नि:सार”
क्याम्पस मोडमा आमासंगै बदाम बेचेर गुजारा चलाई रहेकी नौ वर्षीय ईतुषाले आउने-जाने सबैको हाउभाउलाई खुब नियाल्ने गर्थी।केटाहरुले अनेक किसिमबाट केटीहरुलाई जिस्काएको पटक्कै मन पराउदिन थिई।ति केटीहरु रिसाउनु भन्दा रमाइलो मानेर ठट्टा गरेको देख्दा उनि अचम्मै मान्ने गर्थी।एकदिन एक जमात आएर आपसमा बदामले हानाहान गर्दै हाँसी-मजाग गरेकोले ईतुषाको चित्त बुझेन।तिनीहरु गएपछि आमालाई भनिन्-
“आमा..! यी ठुल-ठुला दिदी र दाजुहरु किन यसरी जिस्किएका हुन्? म भए ति दाजुहरूलाई बदामले होईन ढुंगाले हान्ने थिएँ।“
अबोध छोरीको आशयलाई बुझेर मुस्कुराउदै आमाले सम्झाउनु भयो –
“बैंसमा सबै यस्तै हुन्छन्।तेरो बैंस आएपछि तँलाई पनि यी कुराहरु राम्रो लाग्नेछ।“
“मेरो पनि बैंस आउँछ ?आउने बेलामा मलाई भन्नु नि !” शुष्क मुहारमा जिज्ञासा र कौतुहलतालाई मिश्रण गरेर ईतुषा बोलिन्।
क्याम्पस मोडमा आमासंगै बदाम बेचेर गुजारा चलाई रहेकी नौ वर्षीय ईतुषाले आउने-जाने सबैको हाउभाउलाई खुब नियाल्ने गर्थी।केटाहरुले अनेक किसिमबाट केटीहरुलाई जिस्काएको पटक्कै मन पराउदिन थिई।ति केटीहरु रिसाउनु भन्दा रमाइलो मानेर ठट्टा गरेको देख्दा उनि अचम्मै मान्ने गर्थी।एकदिन एक जमात आएर आपसमा बदामले हानाहान गर्दै हाँसी-मजाग गरेकोले ईतुषाको चित्त बुझेन।तिनीहरु गएपछि आमालाई भनिन्-“आमा..! यी ठुल-ठुला दिदी र दाजुहरु किन यसरी जिस्किएका हुन्? म भए ति दाजुहरूलाई बदामले होईन ढुंगाले हान्ने थिएँ।“
अबोध छोरीको आशयलाई बुझेर मुस्कुराउदै आमाले सम्झाउनु भयो –
“बैंसमा सबै यस्तै हुन्छन्।तेरो बैंस आएपछि तँलाई पनि यी कुराहरु राम्रो लाग्नेछ।“
“मेरो पनि बैंस आउँछ ?आउने बेलामा मलाई भन्नु नि !” शुष्क मुहारमा जिज्ञासा र कौतुहलतालाई मिश्रण गरेर ईतुषा बोलिन्।
Monday, 7 April 2014
Saturday, 11 January 2014
लघुकथा:- आमा // कर्तव्य
“आमा”
तीन दिनपछि निकै बिसेक भएकोले हस्पिटलबाट डिस्चार्ज भई घर फर्कने तरखरमा थिएँ।एउटै कक्षमा धेरै बिरामी र कुरुवाहरुको माहोल पनि विचित्र कै थियो।दायाँ बेड:
तीन वर्षीय बालकको पाँच दिन पहिलेदेखि उपचार भई रहेको थियो।उसको चकचकेपन,प्याउले स्वभाव,तोते बोली [जसलाई मैले कहिल्यै एकरति पनि बुझ्न सकिन],क्षण-क्षणमा रुने-चिच्याउने बानीले म आजित भई सकेको थिएँ।केहि दिन रहनु परेको भए मेरो बिमार अझ
Thursday, 12 December 2013
लघुकथा:- लज्जा // साहित्यकार
"लज्जा"

"छोरी, तिमीलाई लिन दुलहाको घरबाट सबै जना आउनु भएको छ,ल जाउ भित्र गएर सबैलाई ढोक गर। '
आमाको आज्ञा पालना गर्दै भाँडाकुटी खेलिरहेकी रुपवती जुरुक्क उठिन्।दाँया-बाँया केहि नदेखे पछि हतपत आमाको घुम्टो थुती आफ्नो शिर ढाकेर पाहुना कोठामा गई।जहाँ आफन्तजनहरुको बाक्लो उपस्थिति थियो।सबैलाई ढोक गरि आमाको छेउमा शिर झुकाएर बसिन्।
गाउँका धनाढ्य दुवै चौधरी परिवारबीच सम्बन्ध गाँसिएकोले औधी खुशी छन् ।नौ वर्षीय दुलही र बाह्र वर्षीय दुलहाको विवाह हुँदा गाउँमाकसैलाई ताजुब लागेको थिएन।आज रीत अनुसार छ महिनापछि दुलही बिदाको अवसरमा गाउँ नै मगन भएकोछ।वार्तालाप कै क्रममा सबैको ध्यान केन्द्रित गर्नु हुँदै रुपवतीकी सासू बोल्नु भो-

Saturday, 7 September 2013
लघुकथा:- छनौट / नजराना
लघुकथा
"छनौट"
उ भावुक र मिहिनती थियो ।त्यसैले सुनहरु फलायो ।केही सुन देखाएर बांकी सन्दुकमा थन्कायो ।उसले कहिल्यै कसैसंग पनि सुनको स्तरियता र विशेषतालाई लेखा-जोखा गराएन बरु रोब सुनाउन चुक्दैन थियो ।उसलाई अरु कसैको पर्वाह थिएन वश आफुलाई विशेष व्यत्ति सम्झन्थ्यो ।धेरै पटक आफुलाई अन्य समकालीन व्यत्तिहरुसंग सादृष्य गर्यो तर उसले आफ्नो छुट्टै पहिचान भ ईसकेको सम्झियो ।रै पनि उसलाई

Friday, 19 April 2013
लघुकथा:- अस्तित्त्व
अस्तित्त्व
दिनहुँ मान्छेहरुले जंगल विनाश गर्दै उपभोग गर्नाले त्यहाँ रहेका प्राणीहरुले खतराको महशुस गर्न थाले ।त्यसैले सबै जनावरहरु शिकायत गर्न जंगलको राजा सिंहसमक्ष गए । केहिदिन सभा चल्यो ।निर्णय बमोजिम मान्छेहरुको स्वार्थ र उग्र स्वभावबाट जनावरहरुको अस्तित्त्व माथि हस्तक्षेप भईरहेकोले चाडै मान्छेविरुध्द सशस्त्र युद्धको शंखघोष गर्नलाई मानव बस्तीमा गई मान्छेहरुको अवश्था बुझी सोहि मुताबिक प्रतिक्रामण

Saturday, 16 March 2013
लघुकथा- अनुसरण,सालिक
'' अनुसरण ''
श्रीमती माईत जाने भएकीले अबेर रातसम्म रक्सि पार्न सघाएँ । रक्सि मीठो भएछ,अलिकति चाख्न दिएर सबै कोसेली लानलाई बोतलमा हालिन् । विहान दुवै जना उठेर सुकुटी,आलु,अन्डा पकाएर पेरुङ्गोमा राख्यौं l जाने बेलामा मेरो लागि रक्सि र पक्वान्नहरु छोडिदेला कि भन्ने आशाले कुरेर बसें ।उनको चालामाला बुझेपछि सुटुक्कै एक बोतल रक्सि र एक पेरुङ्गो सुकुटी लुकाऊदै
पछिल्तिर के हेरेको थिएँ,कतिबेला देखि ढोकाको संघारमा उभिएर छोरोले मेरो कर्तुत देखिरहेको थिएछ
Saturday, 9 March 2013
लघुकथा - "बधाई"
"बधाई"
उनको वाग्दान भईसकेपछि मलाई भनिन्- 'तिम्ले मलाई माया गर्दैनौ रहेछौ,त्यसैले मसंग विवाह गर्न चाहेनौ ।' जवाफमा मैले भने- 'आफुलाई भन्दा ज्यादा तिम्लाई माया गर्छु तर आफ्नो स्वार्थका खातिर परिवारको खिलाफमा विवाह गर्दा कोही खुशी रहन सक्दैनौ ।कसैको दोष छैन,समय र परिस्थितीको यस्तो

Subscribe to:
Posts (Atom)