Friday, 13 September 2013

रुबाइयात:-२

      रुबाइयात:... 

४)
जाने भए जाऊ यसरि जाऊ
याद बनेर कहिल्यै नआऊ
दिल दिमाग यी सब दिंदैछु
ताकि अब मलाई नसताऊ।
                             रचनाकाल:- २५-०८-२०१२

५) 
जति शृंगार गर किफायत हुँदैन
माली विना बगैचा हिफाजत हुँदैन
नि:शंकोच मलाई भमरा ठान्छौ भने
धरोधर्म कदापि शिकायत हुँदैन।
                               रचनाकाल:- २५-०८-२०१२ 

Saturday, 7 September 2013

लघुकथा:- छनौट / नजराना

लघुकथा
                             "छनौट"

         उ भावुक र मिहिनती थियो ।त्यसैले सुनहरु फलायो ।केही सुन देखाएर बांकी सन्दुकमा थन्कायो ।उसले कहिल्यै कसैसंग पनि सुनको स्तरियता र विशेषतालाई लेखा-जोखा गराएन बरु रोब सुनाउन चुक्दैन थियो ।उसलाई अरु कसैको पर्वाह थिएन वश आफुलाई विशेष व्यत्ति सम्झन्थ्यो ।धेरै पटक आफुलाई अन्य समकालीन व्यत्तिहरुसंग सादृष्य गर्‍यो तर उसले आफ्नो छुट्टै पहिचान भ ईसकेको सम्झियो ।रै पनि उसलाई

Saturday, 10 August 2013

गजल:- मेरो मन // याद गर्दा // यो तिम्रो

५) गजल 

मेरो मन दु:खाउने,तिम्रो मनलाई माफ दिएँ
आँखालाई रुवाउने,तिम्रो मनलाई माफ दिएँ

सिलसिला जो प्रेमको,टुटायौ आज विना कसूर 
साथ हाम्रो छुटाउने,तिम्रो मनलाई माफ दिएँ

Tuesday, 23 July 2013

कविता:- 'ठूलो मान्छे' र 'म'

    "ठूलो मान्छे"

''ऊ
पहिले धेरै तल थियो
भर्याङ्ग चढ्न सिकाएर  माथि उक्लाएँ
अहिले
उ धेरै माथि छ
लगभग अन्तिम तलाको लिस्नुतिर
अब उसलाई कसैको जरुरत छैन
सम्बन्ध टुट्नु र फुट्नुमा
कुनै मतलव छैन
बरु

Sunday, 9 June 2013

कथा:- “सँघार”

[कथा]            “सँघार” 

“म यस्तै नै छु।“
“किञ्चित अपसोच छैन ?“
“अब त जिन्दगीसँगै शिकायत पनि छैन मलाई।“
“उनलाई त ख्याल गर।“ चुरोट सल्काउदै ऊ बोल्यो।
        मप्रति सहानुभूति दर्शाउनेहरु त धेरै आएका थिए अनि गए पनि;तर ऊ दुई वर्षदेखि मलाई लगातार आत्मग्लानि दिलाई रहेको छ।अब ममा खोक्रो बदन सिवाय सौन्दर्यको अभिमानसम्म छैन।मलाई सुखमय भविष्यको दिलासा जताएर यो सयल-नगरीमा जड्काई दिने पनि यी नै पुरुष थिए।यतिबेला दलदलबाट पाखा झिक्न खोज्ने पनि यी नै पुरुष अग्रसर भईरहेको छ।म कसरि बुझाउ उसलाई-‘खरानी फेरि कहिल्यै आगो बन्न सक्दैन’;म त्यहि खरानी हुँ।