म र “जीवन काँडा कि फूल”
मार्च १७ तारिख आइतबार।
छुट्टीको दिन भएकोले साथीहरु शहरतिर बिहानै निस्किए।रूममा म एक्लो भएकोले ११ बजे
उठें।नित्य कर्म साथै अरु सबै काम सकेर कम्प्युटर खोलेको केहि क्षण मै इन्टरनेट
लाईन बन्द भो।उफ् साथीहरुसंग गफ गर्नु थ्यो,लेख पाएपछि पुस्तक [साहित्यमा केस्रा
विधाको घोषणा तथा दस्तावेज] को लागि थप सामग्री ई-मेल गर्नु थ्यो,सबै चौपट भो।यतिसम्म
मुर्मुरिएँ,भुतभुतिएँ कि यहाँ लेखेर साध्य छैन। मध्यदिन भएकोले बाहिर घाम चर्को छ,अब कहाँ
जाउँ या कसो गरौ बिलखबन्दमा परें।पुस्तकको लागि लेख्दै गरेको आफ्नो भनाईलाई
सम्पादन गर्नु पर्ने थियो,पटक्कै मन भएन।केहि दिन भो आँखा जोडले दुख्दैछ,हिजो चै
दिनभर बेलाबखत चक्कर चलिरह्यो।आँखालाई विश्राम नपुगेको हो या निकै कम्जोर हुँदै गई
रहेकोछ,मैले बुझ्न सकेको छैन।आ ठीकै भो आजको दिन आँखा र ज्यानलाई सुतेरै सन्तुलनमा
ल्याउनु पर्ला,निन्द्रा लागे पो ! लाईन आउछ कि भन्ने आसले कम्प्युटर खुल्लै
राखेकोछु।छटपटी
चलिरह्यो,कसो-कसो सामुन्नेको आलमारीमा नजर पुग्यो,जहाँ पुस्तकहरु देखेर झसंग भएँ।चार महिना अघि बिदा सकिएर यहाँ फर्किनु हुँदा मेरो लुङ्वा [बि.बि.सेर्मा] ले ल्याईदिनु भएको पुस्तकहरु [“जीवन काँडा कि फूल”- झमक घिमिरे, “अपमान”- देश सुब्बा, “नियति”-दिलिप ‘सागर’ राई] एक महिना अघि चाईनिज न्यू इयरको छुट्टीमा ल्याएर त्यहाँ राखेदेखि अध्ययन गरेको छैन।फुर्सतमा एकाग्र भएर पढ्ने सोच बनाएको थिएँ,त्यो समय यतिका दिन जुर्न सकेको थिएन।पुस्तक पढेर नै समय कटाउँछु भनेर “जीवन काँडा कि फूल’ लिएर कम्प्युटर अफ गरें।२ बजे देखि अध्ययन गर्न थालें।लेखिकाको निजि जीवन भोगाई,लेखन शैली,शब्दहरुको सिलसिलेवारताले मेरो ध्यान खिचेर घोरिन वाध्य भएँ।विषय,भाव,संदेशहरु यति शक्तिशाली लाग्यो कि सुनामी,ज्वालामुखी,भुईंचालो आदि पनि कम्जोर सावित हुनेछ।जागृतिको प्रभावमा ओईलिएको फूल पनि पुन:फक्रिन सक्नेछ।मानौ जति शब्दले वर्णन गरेता पनि कमै हुनेछ।

साँझ ५
बजे चिसो पानी पिउन फ्रिज तिर लम्किएँ,बाफ रे ! अफिसको विद्मुत लाईन नै कति बेला
बन्द भएछ,आईस पग्लिएर कुखुराको मासु झण्डै सर्वनाश नभएको,हतपत झिकी भान्साकोठामा
ल्याएर पानीमा भिजाएर राखें।सोच्दै थिएँ केहिक्षण पछि पकाएर राख्नेछु नत्र गनाएर
खतम नै हुनेछ।
पुन:पुस्तक पढ्न मै ध्यान केन्द्रित भो,बाँकी के-के गर्नु पर्ने थियो
सबै-सबै भुल्दै गएँ।झमक्क साँझ पर्दा साथीहरु आई पुगे,उता मासु गनाउन थालेको खैला-बैला मचियो,यता आफैप्रति अपसोच मान्दै मौन बसें।एकछिन ध्यान बिथोलिएता पनि अध्ययनलाई
निरन्तरता दिई रहें।रातको ११ बजेसम्म शिर्षक “कलम र मृत्युको सन्त्रास” पेज १४८ पढेर सिध्याएँ।यो भन्दा अघि बढ्न मेरो
आँखाले साथ दिन मानेन।बाँकी अध्ययन गर्नको लागि अब कहिले फुर्सत मिल्ने हो थाहा
छैन।
आज यानिकी
[मार्च १९ तारिख डिउटी सकि रूममा आएर इन्टरनेट चेक गरेको पटक्कै कनेक्ट नै भएन।उफ्
सबै-सबै अस्त-व्यस्त झैँ लाग्यो।नेट चलाउन नपाउदा एक किसिमको सन्कीपन चढ्ने
रहेछ,निकै पटक आफूलाई यो बेला यस्तै रुपमा पाउने गरेकोछु।आ ठीकै छ,अस्तिको उही
पुस्तकलाई ढुक्क भई अध्ययन गरेर पुरा गरें।एक किसिमको आनन्द महशुस भो।तथापि पुस्तक र लेखिका सम्झिएर मन तुलबुल भईरहेको छ।लगभग एक वर्ष अघि एकनाथ भट्ट जीहरुको सक्रियतामा "झमक घिमिरे अभिनन्दनको लागि मलेसियाबाट आर्थिक सहयोग गर्नु पाएको क्षण सम्झिएर आफूलाई भाग्यमानी ठानें।
१९ मार्च २०१३ मलेसिया
सर,झमक सित डायरीमै सवाल जवाफ गरेको क्षणको सम्झना भएर अायो तपार्इंको डायरी पढे पछि ।
ReplyDelete