"एक खाल्को संस्मरण"
ठ्याक्कै पाँच महिना भा थ्यो
तिम्रो देश टेकेको मैले
अलिली तिम्रो भाषा बुझ्थें,बोल्थें
हामीले रासन किन्ने पसल पारी
कपडा पसलको सेल्समेन तिमी
मैले हाफपेन्ट किन्दा
पहिलो पटक बोलेका थियौ
म एकदम चम्बु मान्छे
त्यसपछी त
किराना पसल आउने बहाना कति हो कति
त्यसैले धेरै पटक जुधे नजर
अनि धेरै पटक
कटाक-कुटुक मिलाएर बोली पठाएँ
नढाटी भन्नू पर्दा
तिम्ले बोलेको आधा पनि बुझ्दिन थें
अनि हाँस्थ्यौ है !
मलाई रमाईलो लाग्थ्यो
आखिर
मेरो मुस्कानको हतियारले
घाइते जो भाको थ्यौ
एक साँझ
किराना पसलको एक छेउमा बसिरा थें
तिमी लुखुर-लुखुर बाटो काटेर यतै आयौ
मलाई देख्दै देखेनौ
मैले पनि ईशारा दिदै दिईन
अन्ततः
यहि समयले बित्यास गर्यो
मेरो किराना पसलको एक स्टेनबाट
सुटुक्कै बिस्कुट झिक्यौ र झोलामा लुकायौ
अनि
अन्धाधुन्ध मतिर आयौ
त्यो क्षण एकदम गजबको थ्यो
हामी दुबै मिलेर त्यो बिस्कुट खायौ।
त्यसपछि
मेरो मनलाई फिर्ता बोलाएर
भोटेताल्चा लगाई थुनी दिएँ।
धन्न,
एकै ठाँउ काम गर्न नसक्ने तिमी
जताततै खोजी सर्छौ र मात्रै
ती दिनदेखि अस्ति नै को दिनसम्म
आकल्लझुकल भेट हुँदा
वश,हेराहेर अनि असहज मुस्कानमा
हामी दुई टाढैबाट छुटिन्थ्यौ
आजकल त्यो पनि छैन
त्यसैले पो खुब सम्झिन्दै छु कि !
सायद,
तिम्लाई बाडुलीमा विस्वास छदै छैन होला ?
१३-०८-२०१४
#### *** ###
"एक खाल्को यात्रा"
धेरै पटक भेटेर
धेरै पटक देखिएर
समयको हुरिले उडाउदै गरेको तिम्रो आकृति
फेरि देखा पर्यो मसामू
सशरिर
यो पटक हुटिट्याउ बनेर बने सहयात्री
मलाई छुने हावाले तिम्लाई पनि छुयो
तिम्लाई छुने हावाले मलाई पनि छुयो
तब म बौरिए
र रोकियो हाम्रो यात्रा
रोकिनु मेरो लागि अहोभाग्य
रोकिनु तिम्रो लागि खै के !
सायद,
हाम्रो निम्ति रोकिएको हुनु पर्छ ती सारा पल
त्यस्तै हरेक प्रक्रियाहरु
जो हामी दुईलाई सदियौदेखि भेटाउन खोजिरहेका थिए
हामी दुईका त्यस्तो कुनै वाचा थियो
अथवा
कोहि वाध्य थियो
जो झुकेर हाम्रो भेट जुराई दिएको थियो
र त
भलाकुसारीमा रोपिएका बिज टुसाई रहेका छन्
हुर्किन खोजिरहेका छन्
फुल्न खोजिरहेका छन्
रोकिएको यात्रा
जस्ले जीवनको मोडलाई अर्कै दिशा मोडाई रहेको छ
जहाँ सम्भावित ज्वालामुखी छ
सम्भावित भूईंचालो छ
अरु पनि छन्
त्यै पनि अटेर गर्दै छ मन
म भन्दा ज्यादा आँटिलो बन्दैछ मन
र भन्दैछ -
"त्यो रोकिएको यात्रामा गफिनु चानचुने कुरो होईन
त्यो भेटिएको यात्रा संयोग मात्र हुँदै होईन
एक पटक आफ्नो उर्ध्वरेखालाई नियाल
जहाँ स्पष्ट मिलन बिन्दु खिचिएको छ
त्यसैले याद गर !
त्यो नै अन्तिम सहयात्रा होईन
अझै हिड्नु छ
यात्रा क्रमशः ।"
३१-१०-२०१४
ठ्याक्कै पाँच महिना भा थ्यो
तिम्रो देश टेकेको मैले
अलिली तिम्रो भाषा बुझ्थें,बोल्थें
हामीले रासन किन्ने पसल पारी
कपडा पसलको सेल्समेन तिमी
मैले हाफपेन्ट किन्दा
पहिलो पटक बोलेका थियौ
म एकदम चम्बु मान्छे
त्यसपछी त
किराना पसल आउने बहाना कति हो कति
त्यसैले धेरै पटक जुधे नजर
अनि धेरै पटक
कटाक-कुटुक मिलाएर बोली पठाएँ
नढाटी भन्नू पर्दा
तिम्ले बोलेको आधा पनि बुझ्दिन थें
अनि हाँस्थ्यौ है !
मलाई रमाईलो लाग्थ्यो
आखिर
मेरो मुस्कानको हतियारले
घाइते जो भाको थ्यौ
एक साँझ
किराना पसलको एक छेउमा बसिरा थें
तिमी लुखुर-लुखुर बाटो काटेर यतै आयौ
मलाई देख्दै देखेनौ
मैले पनि ईशारा दिदै दिईन
अन्ततः
यहि समयले बित्यास गर्यो
मेरो किराना पसलको एक स्टेनबाट
सुटुक्कै बिस्कुट झिक्यौ र झोलामा लुकायौ
अनि
अन्धाधुन्ध मतिर आयौ
त्यो क्षण एकदम गजबको थ्यो
हामी दुबै मिलेर त्यो बिस्कुट खायौ।
त्यसपछि
मेरो मनलाई फिर्ता बोलाएर
भोटेताल्चा लगाई थुनी दिएँ।
धन्न,
एकै ठाँउ काम गर्न नसक्ने तिमी
जताततै खोजी सर्छौ र मात्रै
ती दिनदेखि अस्ति नै को दिनसम्म
आकल्लझुकल भेट हुँदा
वश,हेराहेर अनि असहज मुस्कानमा
हामी दुई टाढैबाट छुटिन्थ्यौ
आजकल त्यो पनि छैन
त्यसैले पो खुब सम्झिन्दै छु कि !
सायद,
तिम्लाई बाडुलीमा विस्वास छदै छैन होला ?
१३-०८-२०१४
#### *** ###
"एक खाल्को यात्रा"
धेरै पटक भेटेर
धेरै पटक देखिएर
समयको हुरिले उडाउदै गरेको तिम्रो आकृति
फेरि देखा पर्यो मसामू
सशरिर
यो पटक हुटिट्याउ बनेर बने सहयात्री
मलाई छुने हावाले तिम्लाई पनि छुयो
तिम्लाई छुने हावाले मलाई पनि छुयो
तब म बौरिए
र रोकियो हाम्रो यात्रा
रोकिनु मेरो लागि अहोभाग्य
रोकिनु तिम्रो लागि खै के !
सायद,
हाम्रो निम्ति रोकिएको हुनु पर्छ ती सारा पल
त्यस्तै हरेक प्रक्रियाहरु
जो हामी दुईलाई सदियौदेखि भेटाउन खोजिरहेका थिए
हामी दुईका त्यस्तो कुनै वाचा थियो
अथवा
कोहि वाध्य थियो
जो झुकेर हाम्रो भेट जुराई दिएको थियो
र त
भलाकुसारीमा रोपिएका बिज टुसाई रहेका छन्
हुर्किन खोजिरहेका छन्
फुल्न खोजिरहेका छन्
रोकिएको यात्रा
जस्ले जीवनको मोडलाई अर्कै दिशा मोडाई रहेको छ
जहाँ सम्भावित ज्वालामुखी छ
सम्भावित भूईंचालो छ
अरु पनि छन्
त्यै पनि अटेर गर्दै छ मन
म भन्दा ज्यादा आँटिलो बन्दैछ मन
र भन्दैछ -
"त्यो रोकिएको यात्रामा गफिनु चानचुने कुरो होईन
त्यो भेटिएको यात्रा संयोग मात्र हुँदै होईन
एक पटक आफ्नो उर्ध्वरेखालाई नियाल
जहाँ स्पष्ट मिलन बिन्दु खिचिएको छ
त्यसैले याद गर !
त्यो नै अन्तिम सहयात्रा होईन
अझै हिड्नु छ
यात्रा क्रमशः ।"
३१-१०-२०१४
No comments:
Post a Comment