“आमा”
तीन दिनपछि निकै बिसेक भएकोले हस्पिटलबाट डिस्चार्ज भई घर फर्कने तरखरमा थिएँ।एउटै कक्षमा धेरै बिरामी र कुरुवाहरुको माहोल पनि विचित्र कै थियो।
दायाँ बेड:
तीन वर्षीय बालकको पाँच दिन पहिलेदेखि उपचार भई रहेको थियो।उसको चकचकेपन,प्याउले स्वभाव,तोते बोली [जसलाई मैले कहिल्यै एकरति पनि बुझ्न सकिन],क्षण-क्षणमा रुने-चिच्याउने बानीले म आजित भई सकेको थिएँ।केहि दिन रहनु परेको भए मेरो बिमार अझ
बल्झिन सक्थ्यो।बच्चाको यस्तो व्यवहारले सबै जना हैरान भएता पनि उसकी आमालाई हामीप्रति केहि चासो थिएन।बरु छोराको तोते बोलीलाई बुझेर मागहरु पुरा गरिदिनुका साथै चित्त बुझ्दो जवाफ दिएर शान्त पारि दिंदा मलाई ताजुब लाग्थ्यो।अझ छोराको असह्य पीडामा अतालिएर डाँको छोडी रुँदै नर्स/डाक्टरलाई बोलाउंदा म स्तब्ध हुने गर्थें।
बायाँ बेड:
त्रिहत्तर वर्षीय बूढी हजुरआमा विगत तीन महिनादेखि उपचार्थ भर्ना हुनु भएको थियो।बेला-बेला आपतकालीन वार्डमा उपचार गर्नु परेता पनि प्राय: बिसेक हुँदा उहाँलाई सामान्य वार्डमा राख्ने गरिएको थियो।उहाँको लड़बड बोली,खकार सहितको खोकी,असह्य हुँदाको चिच्याहटले हामीलाई हैरान हुनु भन्दा उहाँप्रति सहानुभूति थियो।नर्सहरुको स्याहारसुसारमा पेशा भन्दा पनि मानवीयता झल्किन्थ्यो।
म डिस्चार्ज हुने बेलासम्ममा उहाँको हालत बुझ्न आफन्तहरुबाट पहिलो पटक जेठो छोरा [अध्यापक] आउनु भएको थियो।हजुरआमा खुशी हुँदै केहि बोल्नु भएको शब्दलाई हामी कसैले बुझेनौ,अध्यापक ज्यूले पनि पटक्कै बुझ्नु भएन।सुसारे नर्सले दोभाषे हुँदै बुझाईन् –
“म धेरै बाँच्न सक्दिन,अब मलाई यहाँबाट लैजाऊ। आफ्नै घरमा तिमीहरु सबैको सामुन्ने मर्न चाहन्छु।“
अध्यापक ज्यूले अनुहार रातो-पिरो पार्नु हुँदै बोल्नु भो-
“यति धेरै खर्च गरेर हस्पिटलमा उपचार गराई रहेकाछौ।घरमा तपाईलाई स्याहारसुसार गर्न कसलाई फुर्सद छ र ! महिना दिन भित्र छोरा र छोरीको परीक्षा आउन लागेकोले बुहारीलाई बुहार्तन र छोराछोरीलाई सम्हाल्दैमा ठीक हुन्छ।भाई-बुहारी,बहिनी-ज्वाईहरु आफ्नै काममा व्यस्त छन्।आज म उपचार खर्चको आधा हिस्सा तिरेर जानेछु,केहि दिनपछि कान्छो आएर सबै तिर्नेछ।हाम्रो बारेमा केहि चिन्ता मान्नु पर्दैन।“
हजुरआमाले उहाँको कुरालाई बुझ्नु भयो या भएन,एकोहोरो हेरिरहनु भयो।अध्यापक ज्यूले कर्कशध्वनिमा धेरै पटक सुनाउने/बुझाउने कोशिश गर्नु भएता पनि कुनै प्रतिक्रिया जनाउनु भएन।अन्तत: सुसारे नर्सले नम्र बोलीमा उहाँले भन्न खोज्नु भएको आशयलाई बुझाई दिईन्।बल्ल हजुरआमाले आफ्नो छोराको कुरालाई सुन्नु/बुझ्नु भो क्यार ! त्यसपछि अर्को दिशातिर शिर मोड्नु भयो।
सबै प्रक्रिया पुरा गरि कक्षबाट निस्कन्दै गर्दा मातृत्वलाई बुझ्ने चेष्टा गरें।मेरी आमा मुस्कुराहटका साथ देखिनु हुन्थ्यो,चकचके बालककी आमा तोते बोलीमा बच्चालाई खेलाउदै हुनुहुन्थ्यो; उता अध्यापक ज्यूकी आमा चाहिं जीवनको अन्तिम लडाईंमा पनि आफ्नो सन्तानहरुको मनसायलाई बुझेर शान्त हुनुहुन्थ्यो।
रचनाकाल:- २०-०८-२०१३

***** ****** ****** ******* *******
''कर्तव्य''
''दाई,म आईपुगें।'
"ए,ल..ल..भित्र आएर बस।''
''अझै तपाई तयार हुनु भएको छैन।बस छुट्ला नी !'' सोफामा बस्दै बोलें।
''भाई,म नजाने भए।भोलि छोराहरुको स्कुलको वार्षिकोत्सव भएकोले अभिभावकहरुको उपस्थिति हुन जरुरी छ।बरु उता पुगेपछि के कसो हुँदैछ खबर गर्नु ।आउँनै पर्ने भो भने आउंछु नी !''
''सायद, हालत नाजुक भएर नै हामीलाई बोलावट भएको होला।''
निकैबेरको वार्तालाप गलफदी गफमा सावित भो।आखिरीमा नजाने मै अडिक रहनु भएकोले त्यसपछि निर्णय बदल्नलाई कर गरिन। उहाँलाई पनि शंका छ,जानै पर्ने फेरि अर्को अन्तिम अवस्था नआउँन सक्छ।त्यसैले तीन दिन अघि मिलेको सन्देशाले आज जाने निधो भएको थियो । नातामा हामी दाजु-भाईको छोरा हामी दाजु-भाई ।उहाँको पिता सिकिस्त बिरामी पर्नु भएको खबरले चिन्तित भईरहनु भएको झल्को अहिले पनि अनुहारमा स्पष्ट देखें ।बिडम्वना भोलि हुने कार्यक्रममा छोराहरुको निम्ति उहाँको उपस्थित हुनुपर्ने अत्यावश्यक भईदियो।खैर,पाँच वर्षको अन्तरालमा कार्य व्यस्तताले गर्दा घर जान सक्नु भएन।यो पटक जानै पर्ने वाध्यता भएर पनि जान सक्नु भएन।उहाँको यो अवस्थाप्रति मलाई अपसोच लाग्यो ।
अन्तत: म बिदा मागेर निस्कन लाग्दा भाउजु आईपुग्नु भो।उहाँले किनेर ल्याउनु भएको कपडा दुई भाई छोरालाई मन नपरेर ठुस्किन्दै थिए।
रचनाकाल :- १९-०६-२०११
रचनास्थान :- मलेसिया
No comments:
Post a Comment