Saturday, 2 August 2014

लघुकथा:- फैसला//अनुत्तरित

                           "फैसला"              

       छोरीको दाईजो प्रकृयामा खिचोला भई मुद्दा बनेर जिल्ला अदालतसम्म पुग्यो ।जायजेथा र सावगासले भ्याएसम्म दाईजो दिएकै थिएँ ।रै पनि चित्त बुझाउन सकेनन्।उनिहरुले माग राखे बमोजिमको रुपियाँ-दस्तुर झट्टै थमाई दिने ममा हैसियत थिएन ।यसर्थ उनिहरुले छोरीलाई नै भाका-समय ठहर्याई फर्काईदिएका थिए ।
       म धर्मसंकटमा परें।छोरीको वल्ल बस्न लागेको घरजमलाई रुपियाँ कै कारणले बिथोल्न चाहन्नथें । त्यसैले माग पुरा गर्न नसकेता पनि केही रकम दिने निर्णयमा पुगें ।जो कुराको अवगत गराई छोरीको घरजम बचाइ दिनलाई अनुनय गर्न जिल्ला न्यायाधिशको घर गएँ ।न्यायाधिशसमक्ष म आउनुको मुराद बताउन खोज्दै थिएँ,भित्र कोठाबाट लाञ्छना र अपशब्दका वचनहरु वर्षिएको सुनें ।अश्रुधारा बगाउदै नव बुहारी हामी समिप आईन् । न्यायाधिश ज्युले कटाक्ष पाराले आफ्नी बुहारीलाई मूल ढोकाको सँघार देखाईदिनु भो ।यो वातावरणलाई बुझ्न म भुक्तभोगीलाई कठिन लागेन । त्यसैले आफ्नो निर्णयलाई गथासो बनाई बैठक कोठाबाट उठ्दै भनें-
'हजुर । ।! आज फैसला छ,अदालत जाउँ कि !'

रचनाकाल:- १४-११-२००७ 
रचनास्थान:- पेराक,मलेसिया  
###  ***  ###

                    "अनुत्तरित"



       "ए सुन्दरी" ! तिमीलाई थाहा छ, तिमी जस्ताहरु  समाज र देश कै कलंकका पात्र हौ।जहाँ तिमी बनावटी जीवन गुजार्दै छौ नि;यो बर्बादीको अखडा हो। के तिमीलाई अलिकति पनि हिनताबोध छैन ?" सुखभोग गरि सकेपछि ति सज्जनले यथार्थ ओकलेर सुन्दरीलाई यो ठाउँ छोड्नलाई सम्झाउदै थिए।
      "महाशय ! मेरो भूमिकाको बारेमा सोचेर मन अमिलो नपार्नु होस्। बरु जुन उपलब्धी हासिल गर्नलाई आउनु भएको थियो त्यो प्राप्त भयो कि भएन होला ?" लबस्तर्याईं हुँदै व्यापारिक वाक्यांशलाई पनि थपिन्।-"यो ठाउँ तपाईहरुको लागि नै हो,कदाचित हजुरहरु आउनु भएन भने हाम्रो के हविगत होला ।"
     ति सज्जन पहिलो पटक यस्तो ठाउँमा गएको थियो ।जहाँ ईमान र ईज्जतलाई दाउमा राखेर जानु पर्ने हुन्छ ।वस्तुत: घरबाट हिड्दा यहि आउनका लागि तय गरेका थिएनन्।  एकाबिहानै श्रीमतीसंग किचलो भएकोले दिनभर अन्तै भौतारिएर साँझबखत यता पसेका थिए। यहाँबाट निस्किए पछि उसलाई सारा तनावहरु गायव भए झैँ लाग्यो तर रतिभर आत्माग्लानि भने थिएन।
रचनाकाल:- २४-०९-२०१३
पेराक,मलेसिया   

No comments:

Post a Comment