Tuesday, 23 July 2013

कविता:- 'ठूलो मान्छे' र 'म'

    "ठूलो मान्छे"

''ऊ
पहिले धेरै तल थियो
भर्याङ्ग चढ्न सिकाएर  माथि उक्लाएँ
अहिले
उ धेरै माथि छ
लगभग अन्तिम तलाको लिस्नुतिर
अब उसलाई कसैको जरुरत छैन
सम्बन्ध टुट्नु र फुट्नुमा
कुनै मतलव छैन
बरु

Sunday, 9 June 2013

कथा:- “सँघार”

[कथा]            “सँघार” 

“म यस्तै नै छु।“
“किञ्चित अपसोच छैन ?“
“अब त जिन्दगीसँगै शिकायत पनि छैन मलाई।“
“उनलाई त ख्याल गर।“ चुरोट सल्काउदै ऊ बोल्यो।
        मप्रति सहानुभूति दर्शाउनेहरु त धेरै आएका थिए अनि गए पनि;तर ऊ दुई वर्षदेखि मलाई लगातार आत्मग्लानि दिलाई रहेको छ।अब ममा खोक्रो बदन सिवाय सौन्दर्यको अभिमानसम्म छैन।मलाई सुखमय भविष्यको दिलासा जताएर यो सयल-नगरीमा जड्काई दिने पनि यी नै पुरुष थिए।यतिबेला दलदलबाट पाखा झिक्न खोज्ने पनि यी नै पुरुष अग्रसर भईरहेको छ।म कसरि बुझाउ उसलाई-‘खरानी फेरि कहिल्यै आगो बन्न सक्दैन’;म त्यहि खरानी हुँ।

Sunday, 12 May 2013

गुमेको देश:- सिक्किम


     एउटा गुमेको देशको कथा - बीएस दास   [सिक्किम]


बीएस दास///   काठमाडौ, वैशाख २८ - नेपालसँग सिमाना जोडिएको हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं राज्य बन्न पुगेको थियो । आन्तरिक राजनीतिक द्वन्द्व चर्केर परनिर्भरता बढ्दै गएपछि त्यहाँको संसद्ले नै भारतमा गाभिने प्रस्ताव पारित गरेपछि त्यो देशको स्वतन्त्र इतिहास समाप्त

Friday, 19 April 2013

लघुकथा:- अस्तित्त्व

                       अस्तित्त्व 

      दिनहुँ मान्छेहरुले जंगल विनाश गर्दै उपभोग गर्नाले त्यहाँ रहेका प्राणीहरुले खतराको महशुस गर्न थाले ।त्यसैले सबै जनावरहरु शिकायत गर्न जंगलको राजा सिंहसमक्ष गए । केहिदिन सभा चल्यो ।निर्णय बमोजिम  मान्छेहरुको स्वार्थ र उग्र स्वभावबाट जनावरहरुको अस्तित्त्व माथि हस्तक्षेप भईरहेकोले चाडै मान्छेविरुध्द सशस्त्र युद्धको शंखघोष गर्नलाई मानव बस्तीमा गई मान्छेहरुको अवश्था बुझी सोहि मुताबिक प्रतिक्रामण

Thursday, 11 April 2013

गजल:- अचानक // नदेखेको

   ३) गजल 

अचानक तिमी बोल्यौ,मगन भयो मन
अरु कसैको खबर सोध्यौ,जलन भयो मन

सोचेको थिएँ जीवनमा,तिम्रो हुन पाउँ
बेवास्तामा अनायासै,दफन भयो मन

मुटु माझ शूल बिझाई,कसरी म भनुँ