Monday, 25 March 2013

डायरी:- "निर्वाचन र माडी"


         निर्वाचन र माडी 

      बिहान ९ बजेको यात्रा हुने निश्चित भएता पनि तयारी हुन नपाउदै हतपत बाटो लाग्नु पर्ने भो।यतिबेला मलेसियालाई चुनावी मौसमले चिसाई रहेकोछ।मूल सडक,शाखा बाटोहरुको दायाँ-बायाँ,बीच भाग अधिकांश पार्टीको झण्डाहरु फर्फरिरहेका छन्,सबै झण्डाहरु छासमिस भएता पनि राजनीतिक पार्टीहरु धेरै छैनन् भन्ने हेक्का लगाउन मुस्किल पर्दैन।मसंगैको ड्राइभर[पाकिस्तानी मूलका मलेसियन नागरिक] ले कनीकुथी छ वटा

Saturday, 23 March 2013

कथा- निमन्त्रणा"


                               ”निमन्त्रणा”

"अरे कहिले आयौ"
"अस्तिको दिन"सोझो जवाफ दिएँ।
          म उनको समिप पुग्दा एक टकले मलाई हेरी रहिन्।मानौ अकस्मात् सोचेको वस्तु सामुन्ने प्रकट भयो।उनको हाउभाउलाई राम्ररी नियाली रहें।मन्द मुस्कानलाई ख्याल गर्ने हो भने यस्तो तेजस्वी नूरमा जूनको के सादृश्य गर्यौ त्यहाँ जो दाग छ । अँ,'मोनालिसा'को अलौकिक चेहेराको तस्विर जसलाई सोह्रौ शताब्दीतिर ‘लियोनार्दो दा भिन्ची’ले क्यानभासमा उतारेर अहिलेसम्म विश्वलाई मोहित पारिरहेकोछ।‘नाई’ यो पनि न्यायोचित हुँदैन।बरु अहिलेका जल्दा-बल्दा चित्रकार रमेश पौडेल या खगेन्द्र लिम्बू जो पुस्तकहरुमा आवरण चित्र कोर्न खपिस हुनुहुन्छ।उहाँहरुले आफ्नै जिन्दगीको पुस्तकमा उनको मुस्कान भरिएको मुहारलाई

Wednesday, 20 March 2013

डायरी:- म र “जीवन काँडा ..”


   म र “जीवन काँडा कि फूल”

     मार्च १७ तारिख आइतबार। छुट्टीको दिन भएकोले साथीहरु शहरतिर बिहानै निस्किए।रूममा म एक्लो भएकोले ११ बजे उठें।नित्य कर्म साथै अरु सबै काम सकेर कम्प्युटर खोलेको केहि क्षण मै इन्टरनेट लाईन बन्द भो।उफ् साथीहरुसंग गफ गर्नु थ्यो,लेख पाएपछि पुस्तक [साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज] को लागि थप सामग्री ई-मेल गर्नु थ्यो,सबै चौपट भो।यतिसम्म मुर्मुरिएँ,भुतभुतिएँ कि यहाँ लेखेर साध्य छैन। मध्यदिन भएकोले बाहिर घाम चर्को छ,अब कहाँ जाउँ या कसो गरौ बिलखबन्दमा परें।पुस्तकको लागि लेख्दै गरेको आफ्नो भनाईलाई सम्पादन गर्नु पर्ने थियो,पटक्कै मन भएन।केहि दिन भो आँखा जोडले दुख्दैछ,हिजो चै दिनभर बेलाबखत चक्कर चलिरह्यो।आँखालाई विश्राम नपुगेको हो या निकै कम्जोर हुँदै गई रहेकोछ,मैले बुझ्न सकेको छैन।आ ठीकै भो आजको दिन आँखा र ज्यानलाई सुतेरै सन्तुलनमा ल्याउनु पर्ला,निन्द्रा लागे पो ! लाईन आउछ कि भन्ने आसले कम्प्युटर खुल्लै राखेकोछु।छटपटी

Saturday, 16 March 2013

लघुकथा- अनुसरण,सालिक

                                          '' अनुसरण ''


                      श्रीमती माईत जाने भएकीले अबेर रातसम्म रक्सि पार्न सघाएँ । रक्सि मीठो भएछ,अलिकति चाख्न दिएर सबै कोसेली लानलाई बोतलमा हालिन् । विहान दुवै जना उठेर सुकुटी,आलु,अन्डा पकाएर पेरुङ्गोमा राख्यौं l  जाने बेलामा मेरो लागि रक्सि र पक्वान्नहरु  छोडिदेला कि भन्ने आशाले कुरेर बसें ।उनको चालामाला  बुझेपछि सुटुक्कै एक बोतल रक्सि र एक पेरुङ्गो सुकुटी  लुकाऊदै
पछिल्तिर के हेरेको थिएँ,कतिबेला देखि ढोकाको संघारमा उभिएर छोरोले मेरो कर्तुत देखिरहेको थिएछ

Thursday, 14 March 2013

रुबाइयात:-१

            रुबाइयात:....

१)  

विनाकारण  रिसाउदा, यो मन साह्रै जल्छ 
माया नै हो ख्याल-ठट्टा,यहाँ सबै चल्छ 
बहानामा  माया हुन्छ,रीस घुर्की देखाउ  
मलाई छोडी गयौ भने, अरुले त छल्छ l