Showing posts with label डायरी. Show all posts
Showing posts with label डायरी. Show all posts

Monday, 25 March 2013

डायरी:- "निर्वाचन र माडी"


         निर्वाचन र माडी 

      बिहान ९ बजेको यात्रा हुने निश्चित भएता पनि तयारी हुन नपाउदै हतपत बाटो लाग्नु पर्ने भो।यतिबेला मलेसियालाई चुनावी मौसमले चिसाई रहेकोछ।मूल सडक,शाखा बाटोहरुको दायाँ-बायाँ,बीच भाग अधिकांश पार्टीको झण्डाहरु फर्फरिरहेका छन्,सबै झण्डाहरु छासमिस भएता पनि राजनीतिक पार्टीहरु धेरै छैनन् भन्ने हेक्का लगाउन मुस्किल पर्दैन।मसंगैको ड्राइभर[पाकिस्तानी मूलका मलेसियन नागरिक] ले कनीकुथी छ वटा

Wednesday, 20 March 2013

डायरी:- म र “जीवन काँडा ..”


   म र “जीवन काँडा कि फूल”

     मार्च १७ तारिख आइतबार। छुट्टीको दिन भएकोले साथीहरु शहरतिर बिहानै निस्किए।रूममा म एक्लो भएकोले ११ बजे उठें।नित्य कर्म साथै अरु सबै काम सकेर कम्प्युटर खोलेको केहि क्षण मै इन्टरनेट लाईन बन्द भो।उफ् साथीहरुसंग गफ गर्नु थ्यो,लेख पाएपछि पुस्तक [साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज] को लागि थप सामग्री ई-मेल गर्नु थ्यो,सबै चौपट भो।यतिसम्म मुर्मुरिएँ,भुतभुतिएँ कि यहाँ लेखेर साध्य छैन। मध्यदिन भएकोले बाहिर घाम चर्को छ,अब कहाँ जाउँ या कसो गरौ बिलखबन्दमा परें।पुस्तकको लागि लेख्दै गरेको आफ्नो भनाईलाई सम्पादन गर्नु पर्ने थियो,पटक्कै मन भएन।केहि दिन भो आँखा जोडले दुख्दैछ,हिजो चै दिनभर बेलाबखत चक्कर चलिरह्यो।आँखालाई विश्राम नपुगेको हो या निकै कम्जोर हुँदै गई रहेकोछ,मैले बुझ्न सकेको छैन।आ ठीकै भो आजको दिन आँखा र ज्यानलाई सुतेरै सन्तुलनमा ल्याउनु पर्ला,निन्द्रा लागे पो ! लाईन आउछ कि भन्ने आसले कम्प्युटर खुल्लै राखेकोछु।छटपटी

Sunday, 10 March 2013

डायरी:- कथाकी नायिका...

         कथाकी नायिकासँगको भेट 

         यिनी नेपाली होईनन् तामिल पनि होईनन् अझ मलायु हुँदै होईनन्।यसरि नै मनमनै उनको शारीरिक बनावटलाई अन्य देशसंग सादृश्य गरें।  भियतनाम,म्यानमार,कम्बोडिया,इन्डोनेसिया आदि ,अहँ कसैसंग मेल खानै  सक्दैन किनकी उनको सिउँदोमा सिन्दुर भरिएकोछ।यसर्थ यिनी नेपाली या हिन्दु तामिल नै हुनु पर्दछ।धेरै समय पहिले निकै नजिकबाट यो चेहेरालाई मैले देखि सकेको हुनु पर्दछ,त्यसैले म सोचमग्न भएँ।यद्दपि मलाई हेक्का

Saturday, 9 March 2013

डायरी:- सडक दुर्घटना र ऊ

               सडक दुर्घटना र ऊ 
                                     
          ट्राफिक सिग्नलको हेलचेक्रयाईंले गर्दा यो दुर्घटना भएको हुनु पर्दछ।चौबाटोमा एकै दिशाका ट्रकले मोटर साइकललाई ठक्कर दिएर घटनास्थलमा नै मोटर चालकको मृत्यु भएको छ।बिहानको दश बजे कम्पनीको काम विशेषले गर्दा म कम्पनीको लोरी [ट्रक] मा बाहिर गएको हुँ।हामी त्यहाँ पुग्दा यो घटना घटी सकेको थियो।पुसिलले मृतकको पार्थिव शरीरलाई कालो प्लाष्टिकले घुँडासम्म छोपेको थियो।केहि मान्छेहरु