Saturday, 11 January 2014

लघुकथा:- आमा // कर्तव्य

            “आमा” 

       तीन दिनपछि निकै बिसेक भएकोले हस्पिटलबाट डिस्चार्ज भई घर फर्कने तरखरमा थिएँ।एउटै कक्षमा धेरै बिरामी र कुरुवाहरुको माहोल पनि विचित्र कै थियो।

दायाँ बेड:
      तीन वर्षीय बालकको पाँच दिन पहिलेदेखि उपचार भई रहेको थियो।उसको चकचकेपन,प्याउले स्वभाव,तोते बोली [जसलाई मैले कहिल्यै एकरति पनि बुझ्न सकिन],क्षण-क्षणमा रुने-चिच्याउने बानीले म आजित भई सकेको थिएँ।केहि दिन रहनु परेको भए मेरो बिमार अझ

Monday, 30 December 2013

कविता:- उपस्थिति//गाउँहरु

''उपस्थिति''

म
अहिले फर्किएर आउँदा
तिमी उस्तै रहेछौ
म अलिकति बद्लिएछु
यो नै
हाम्रो सम्बन्धको फाटक बनेर
सदिऔको लागि पर्खाल हुने भो
यसो हुनुमा
कसको दोष..?

म निरुत्तर छु

Tuesday, 24 December 2013

गजल:- बाँकी मेरो // विरानो भो

१०)   गजल 
बाँकि मेरो जिन्दगी नै,व्यर्थै जिउने नाम भयो
मतलवी दुनियाँमा, मेरो सस्तो दाम भयो 

चुकें कहाँ थाहा छैन, शिकायत कस्लाई गरौँ 
आफन्तले लुटेपछि ,कहर मलाई लाम भयो 

धुजा-धुजा हृदयलाई, टाल्न सिउन मिले हुन्थ्यो 
छुपाई व्यथा हाँस्नु पर्ने ,ममा कस्तो याम भयो 

सम्हालेर राख्छु सदा ,शूल मनमा बिझे पनि 
जिएँ जति जिन्दगी यो ,अब उल्फत खाम भयो 

यस्तो लाग्छ आजभोली,सम्बन्धको मोहजालमा 

Wednesday, 18 December 2013

रुबाइयात:-३

          रुबाइयात:.... 

७)
झूटो नै होस् तर मुस्कान छरि देऊ
मेरो चक्रव्यूहमा अब परि देऊ
चाहे सम्बन्ध जे सुकै होस् स्वीकार छ
हे भगवान ! सुरुवात गरि देऊ।
३१-०८-२०१२
८)
मेरी भए ज्ञानी तिमी
सौन्दर्यकी खानी तिमी
तारिफ के गरूँ धेरै

Thursday, 12 December 2013

लघुकथा:- लज्जा // साहित्यकार

              "लज्जा"

"छोरी, तिमीलाई लिन दुलहाको घरबाट सबै जना आउनु भएको छ,ल जाउ भित्र गएर सबैलाई ढोक गर। '
        आमाको आज्ञा पालना गर्दै भाँडाकुटी खेलिरहेकी रुपवती जुरुक्क उठिन्।दाँया-बाँया केहि नदेखे पछि हतपत आमाको घुम्टो थुती आफ्नो शिर ढाकेर पाहुना कोठामा गई।जहाँ आफन्तजनहरुको बाक्लो उपस्थिति थियो।सबैलाई ढोक गरि आमाको छेउमा शिर झुकाएर बसिन्।
         गाउँका धनाढ्य दुवै चौधरी परिवारबीच सम्बन्ध गाँसिएकोले औधी खुशी छन् ।नौ वर्षीय दुलही र बाह्र वर्षीय दुलहाको विवाह हुँदा गाउँमाकसैलाई ताजुब लागेको थिएन।आज रीत अनुसार छ महिनापछि दुलही बिदाको अवसरमा गाउँ नै मगन भएकोछ।वार्तालाप कै क्रममा सबैको ध्यान केन्द्रित गर्नु हुँदै रुपवतीकी सासू बोल्नु भो-