Sunday 30 November 2014

कविता:- एक खाल्को संस्मरण // एक खाल्को यात्रा

 "एक खाल्को संस्मरण"

ठ्याक्कै पाँच महिना भा थ्यो
तिम्रो देश टेकेको मैले
अलिली तिम्रो भाषा बुझ्थें,बोल्थें
हामीले रासन किन्ने पसल पारी
कपडा पसलको सेल्समेन तिमी
मैले हाफपेन्ट किन्दा
पहिलो पटक बोलेका थियौ
म एकदम चम्बु मान्छे
त्यसपछी त
किराना पसल आउने बहाना कति हो कति
त्यसैले धेरै पटक जुधे नजर
अनि धेरै पटक
कटाक-कुटुक मिलाएर बोली पठाएँ

नढाटी भन्नू पर्दा