Friday 21 February 2014

रुबाइयात:-४

  रुबाइयात:.....

१०)
उनको सारा दुर्भाग्य मलाई देऊ
बदलामा मेरो खुशी थमाई देऊ
फुर्सद मिलेछ भने हे भगवान !
यी कामना उनलाई बताई देऊ।
१७-१०-२०१२

११)
आज धुमिएको आकाश थियो
ढिलो चाँडो झुल्किने आश थियो
बेखबर भए झैँ खुब सताउने
लाग्छ यो जून बदमाश थियो।
०७-११-२०१२