Saturday 11 January 2014

लघुकथा:- आमा // कर्तव्य

            “आमा” 

       तीन दिनपछि निकै बिसेक भएकोले हस्पिटलबाट डिस्चार्ज भई घर फर्कने तरखरमा थिएँ।एउटै कक्षमा धेरै बिरामी र कुरुवाहरुको माहोल पनि विचित्र कै थियो।

दायाँ बेड:
      तीन वर्षीय बालकको पाँच दिन पहिलेदेखि उपचार भई रहेको थियो।उसको चकचकेपन,प्याउले स्वभाव,तोते बोली [जसलाई मैले कहिल्यै एकरति पनि बुझ्न सकिन],क्षण-क्षणमा रुने-चिच्याउने बानीले म आजित भई सकेको थिएँ।केहि दिन रहनु परेको भए मेरो बिमार अझ